श्रावण महिनामा जिएमई रेमिटको नारीलाई सारी उपहार योजना

5126

कोरियाबाट रेमिट सेवा दिइरहेको कम्पनी जिएमईले श्रावण महिनालाई लक्षित गरी नारीलाई सारी उपहार योजना ल्याएको छ । जुलाई १६ देखि ३१ तारिख सम्म जिएमई मार्फत नेपाल पैसा पठाउने ग्राहक मध्ये तीन जनालाई स्पेशल सारी उपहार दिने योजना जिएमईको छ । उपहार योजनामा सहभागी हुन जिएमईले अन्य शर्त पनि राखेको छ । जसमा रकम बाहेक जिएमईको नारीलाई सारी उपहार योजनाको पोष्ट आफ्ना तीन जना साथीलाई ट्याग गरी पोष्ट गर्नुपर्ने, लाइक र शेयर गर्नुपर्ने पनि रहेको छ ।
उपहार योजनामा पुरुष र महिला दुवै सेवाग्राही सहभागी हुनु पाउने र लक्की ड्र मार्फत सार्वजानिक उपहार नेपाल वा कोरिया दुवै स्थानमा लिन सकिने जिएमईका मार्केटिङ प्रमूख धर्मराज गौतमले बताउनु भएको छ । जिएमईको अन्य सुविधा र सेवाका बारे जिएमईको पेज वा सम्पर्क नम्बरमा कल गरेर लिनुसक्नुहुने छ ।

 

प्रतिक्रियाहरू