श्री स्वस्थानी साँगेता समापन कार्यक्रममा सहभागीताको लागि “ पाँच स” को हार्दिक निमन्त्रणा

86

सनातन साहित्य संगित साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाले यही आँउदो फेब्रुवरी २४ तारिख आइतबारका दिन श्री स्वस्थानी ब्रतकथाको बिधिबत् पूजाअर्चना भजनकृतन सहित श्री स्वस्थानी साँगेता समापन कार्यक्रम गर्ने भएको छ।

समूहले परदेशी भूमिमा रहेर पनि आफ्नो सँस्कृतिलाई रक्षा गर्दै चाडपर्व मनाउने उद्देश्यका साथ स्थापना कालदेखि नै बिबिध कार्यक्रमहरु गर्दै आईरहेको छ भने गत २०१९ जनवरी २१ तारिख (२०७५ माघ ७) सोमबारका दिनदेखि दैनिक रुपमा श्री स्वस्थानी ब्रतकथाको अनलाईभ बाचन गर्दै पनि आईरहेको छ।

-- Ad --


त्यसैले, बिदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाई जगेर्ना गर्ने महान उद्देश्यका साथ कोरियामा छरिएर रहनुभएका सम्पूर्ण संघ-संस्थाका प्रतिनिधि, बुद्धिजिबी, समाजसेवी, ब्यापारी, पत्रकार तथा कोरियावासी नेपाली अग्रज, दाजुभाई तथा दिदिबहिनीहरुलाई यस पुण्य कार्यमा सहभागी भई श्री स्वस्थानी साँगेता समापनको प्रसाद ग्रहण गर्नु हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम मिति: २०१९ फेब्रुवरी २४ तारिख आइतबार

समय: बिहान ठिक ८: ४५ बजे

स्थान: कान्तिपुर रेष्टुरेण्टको हल, ट्रेन लाइन नं ४, आन्सान यक