संघियता कार्यन्वन गर्न जटिल र चूनौतिपुर्ण रहेको नेपाली कांग्रेसका युवा नेता थापाको भनाई

1018

नेपाली कांग्रेसका युवा नेता गगन थापाले संघियता कार्यन्वन गर्न निक्कै जटिल र चूनौतिपुर्ण रहेको बताएका छन् । जनसम्पर्क समिति दक्षिण कोरियाको पाँचौ महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । संघियता नेपालका लागि पेचिलो र जटिल मुद्धा भएकोले कार्यन्वन गर्न निक्कै चुनौतिपुर्ण रहेको थापाको भनाई थियो । संघियताबाट फर्कने अवस्था  अब नभएको भन्दै सवै पार्टी एकमत भएर अगाडि बढ्नुको विकल्प नरहेको थापाले बताए ।

नेपालमा स्थिरता र स्थायि सरकार आयो अव तिब्र गतिमा विसका हुन्छ भनेर निश्कर्ष निकाल्नु गलत हुने दाबी पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाको थियो । चमत्कारिक नेता आएर देशलाई गजबसँग हाँक्यो हुन्थ्यो भन्ने सवैको चाहना र नियत ठिक भएपनि निश्कर्ष गलत हुने दाबी थापाको छ । सवैले छोटो समयमै मलेशिया, सिंगापूर र कोरियाले विकासमा फड्को मारेको उदाहारण दिएपनि नेपालको भौगोलिक अवस्थालाई ध्यान राखी तिब्र विकास गर्नुपर्ने बताए ।

नेपालको विकास प्रजातान्त्रिक प्रणलाी मार्फत विकास गर्नुपर्ने बाहेक अर्को विकल्प नभएको तर्क थापाको थियो । तिब्र विकासको चाहना सवैको भएको र छोटो समयमै सो कार्य गर्नुपर्ने बताए । पार्टी र सरकारी सम्पुर्ण संस्थालाई बलियो, जिम्मेवारी बहन र इमान्दार बनाउनुपर्ने धारणा थापाको थियो । छिमेकी मुलुकसँग समान सम्बन्ध राख्नुपर्नेमा जोड दिदै थापाले दुइ देशसँग खेल्न नहुने राष्ट्रिय चासोमा सवै एकमत हुनुपर्ने बताए ।

प्रतिक्रियाहरू