संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुन सन् हाक शान्ति पुरस्कारबाट सम्मानित

126

संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुन सन् हाक शान्ति पुरस्कारबाट सम्मानित भएका छन् ।
डा सन् म्योङ मुनको १०० औं जन्म जयन्तीको अवसरमा दक्षिण कोरीयाको राजधानी सउलमा आयोजित एक भब्य कार्यक्रममा मुनलाई सम्मान गरिएको हो ।

यु. पि. एफ. की सह- सस्थापक एंव डा. सन् म्योङ मुनकी धर्मपत्नी डा. हाक जा हान् मुनले उक्त सम्मान प्रदान गर्नुभएको हो। कार्यक्रममा सम्म्मान स्वीकार समारोहमा संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनले आफुलाई यो सम्मानले अझ जििम्मेवार बनाएको बताउँदै डा. सन् म्योङ मुन र डा. हाक जा हान् मुनले बिश्व शान्ति अभियानमा पुर्याउनुभएको योगदानको चर्चा समेत गर्नुभयो। कार्यक्ररममा कम्बोडियाका प्रधानमन्त्री हुन सेन, फिलिपिन्सकी उप राष्ट्रपति लेनि रबॅरेडि लगायत नााइजेरियाा, किरिबास, फिनल्यान्ड, भारत, पाकिस्तान लगायत दुई दर्जनभन्दा बढि देशका पुर्ब प्रमुख, उप प्रमुख एवं प्रधानमन्त्रीहरूको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा सिनेगालका बिदेश मन्त्री अमादुबाले सिनेगाल राष्ट्रको तर्फबाट शान्तिकि आमा( मदर अफॅ पिस)को सम्मान अर्पण गर्दै डा. हाक जा हान् मुन सिनेगाल र सम्पूर्ण सिनेगालि जनताहरूको हजुरआमा भएको बताए। उक्त विश्व शान्ति सम्मेलन २०२० कार्यक्रममा गरेको उक्त कार्यक्रममा एक सय बिस भन्दा बढी देशका ५ हजार भन्दा बढि अति बिशिस्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो। नेपालबाट पुर्ब उप-राष्ट्रपति परमानन्द झा, पुर्ब उप-प्रधानमन्त्री एंब नेपाली काँग्रेसकि केन्द्रीय सदस्य सुजाता कोइराला, पुर्ब मन्त्री एवं नेपाल परिवार दलका अध्यक्ष एक नाथ ढकाल, पुर्ब मन्त्री तारामान गुरुङ, सासंद खतिवडा लगायत तिन दर्जनभन्दा बढि अति बिशिस्ट ब्यक्तित्वहरुको सहभागिता रहेकोो छ।

प्रतिक्रियाहरू