सउलमा होली हंगामा डान्स पार्टी, विसौनी सांगितिक समुहको धमकेदार प्रस्तुती हुने

723

दक्षिण कोरियाको राजधानी सउलको दोगंदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा होली हंगामा डान्स पार्टीको आयोजना हुने भएको छ । यहि शनिवार मार्च २३ तारिक बेलुका ८ बजेबाट शुरु हुने कार्यक्रममा होली पर्व मनाईनुका साथै कोरियामा चार्चित रहेको विसौनी सांगितिक समुहको विशेष प्रस्तुती रहने भएको छ ।

नेपाली मौलिक बाजा दमाह र पन्चेबाजाको साथमा बेजोड सामुहिक नृत्य रहने हुदा कार्यक्रमको लागि भब्य तयारी गरिएको छ ।
नमस्ते रेष्टुरेण्टले आयोजना गरेको कार्यक्रमलाई कोरियाबाट पैसा पठाउने नेपालीहरुको पहिलो रेमिटेन्स स्टार रेमिटले सहयोग गरेको छ ।

प्रवेश निशुल्क गरिएको कार्यक्रममा कोरियामा रहेका नेपालीहरुलाई उपस्थित भएर आफ्नो नेपाली मौलिक चाडपर्व मनाई मनोरोञ्जन लिन आयोजकले अनुरोध गरेको छ । कार्यक्रम स्थल नमस्ते रेष्टुरेण्ट पुग्न ट्रेन लाईन नम्वर १ र ६ दोङ्म्यो आफ् को ५ नम्वर गेटबाट पुग्न सकिन्छ ।

होली हंगामाको लागि सम्पर्क
010 4997 1946
010 6891 7228
010 2655 0144

प्रतिक्रियाहरू