सगरमाथा आरोही दाबुटी सेर्पा लाइ कोरियामा सम्मान गरिने

0
1524

“हाम्रो सगरमाथा हाम्रो गौरब कृषि विकाषमा हाम्रो पौरख “ भन्ने मुल नाराका साथ सन् २०१८ को पहिलो महिला सगरमाथा आरोही बनेकी दोलखा जिल्ला सिमीगाउँ ९ निवासी सुश्रि दाबुटी शेर्पा “बारिस्ता दावा” केहि दिन कोरिया भ्रमणमा रहनु हुने भएको छ ।
मे १४ २०१८ अ थार्त २०७५ साल बैशाख ३१ गते बिश्व को सर्वोच्च सिखर सगरमाथा सफलता पूर्ण आरोहण गर्नु भएकी उनि एक नेपाली चेली हुन ।
नेपालको कफिलाई विश्व बजारसम्म पवर्द्धन प्रमोसन गर्ने र नेपाललाई कफिमा आत्मनिर्भर  बनाई रोजगारीको अवसर प्रदान गर्ने एवं कफि क्षेत्रबाटै  कृषकहरुलाई  र देशलाइ आर्थिकस्तर उकास्ने सगरमाथा आरोहणको मुल उदेश्य लिनु भएको थियो ।
उनै शेर्पालाई दक्षिण कोरियामा नेपाल आदिबासी जनजाती महासंघ , प्रदेश ३ एकता समाज , दोलखाली समाज र वुमन फर वुमन दक्षिण कोरियाले आउँदो आइतवार १४ अक्टोवरमा सम्मान गर्ने भएको छ । कार्यक्रम दिनको १२:०० बजे दुर्गा रेष्टुरेन्टको हलमा गरिने पनि आयोजकले जनाएको छ ।
त्यसैगरी, शेर्पा संघ दक्षिण कोरियाले पनि “भेट्घाट तथा दाबुटी शेर्पा सम्मान कार्यक्रम” गर्ने भएको छ । संघले अक्टोबर १३ भोली साँझ ६:३० बजे बालाजी रेष्टुरेन्ट थेगुमा सो कार्यक्रम गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here