सच्चा देश भक्त रबिन्द्र अधिकारी अल बिदा!!!

535
This undate image shows Minister for Culture, Tourism and Civil Aviation Rabindra Adhikari. Photo: Balkrishna Thapa Chhetri/ THT

कास्की जिल्ला तत्कालिन भरतपोखरी गाविसमा बुबा इन्द्र प्रसाद र मुमा लक्ष्मी अधिकारीको कोख बाट जेष्ठ सुपुत्रको रुपमा २०२६ बैशाख २२ गते जन्मियका नेपाल सरकारका संस्कृती,पर्यटन तथा नागरिक उडड्यन मन्त्री कास्कीका स्थाइ बासिन्दा माननिय रबिन्द्र अधिकारी सहित अरु ६ जना चढेको हेलिकप्टर ताप्लेजुंगमा हराइ रहेको र शकुसलताको कामना गरी पोष्ट गरिएका स्टाटसहरु देख्दा झस्यांग भए।सबै सामाजिक सन्जालहरुका पोष्टहरु एकै छिनमा हार्दिक श्रदान्जली र समबेदनाले भरिएको देखे मन गरुंगो भयो।भावबिहील हुन पुगे। जन्मे पछि मृत्यु अवस्यभावि छ यो प्रकृतीको नियम हो अथवा मृत्यु सत्य हो।

अल्पायु,अकाल,दुर्घटना,हत्या र स्वभाविक मृत्युहरु हामिले भोगिरहेका हुन्छौ र हामिलाइ भावब्हिल बनाइ रहेका हुन्छन। सामाजिक जिवनमा होमियका देश र जनताको पृय बनेका रबिन्द्र अधिकारीको अकल्पनिय दुर्घटना बाट हुन गएको मृत्यु देश र जनताको निम्ती अपुरणिय क्षती हो। आजका युवा बिध्यार्थीहरुले जुगौ सम्झिने वहॉको योगदान भनेको ३३% र पछि ४५% सम्म अध्यनरत बिध्यार्थीहरुको लागी सवारी साधनहरुमा उपलब्ध गराइने भाडा छुट हो। पृथ्बीनारायण क्याम्पसको स्वबियु शभापति हुदा र केन्द्रिय क्याम्पस त्रिबिको शभापति हुदा गरियका बिध्यार्थिका हक हितका कार्यहरु इतिहासमा दर्ज भएका छन। राष्टीयताको लागि वहॉको योगदान अनेरास्वबियु अध्यक्ष हुदॉ कालापानीमा मार्च पास,लक्ष्मणपुर बॉधले नेपाल भुमि बर्षेनि ढुबान पारेकोमा शसक्त विरोध र सिमा सुरक्षाको निम्ती सक्दो अभियान थिए। सर्वसाधारण जनताको छोरा कास्की कै एक कुशल गायक प्रबिण गुरुंगको तत्कालिन शाहज्यादा पारस शाह द्वारा गरियको निर्मम हत्याको बिरुद्धमा ५ लाख २३ हजार सर्व साधारणको हस्ताक्षर संकलन गरेर दरबारमा बुझाइ पारस लाइ जेल चलान गर्नु पर्दछ भन्ने विध्यार्थी नेता थिए। संघर्ष र मेहनेतका पर्याबाची ब्यक्ति भन्दा अतियुक्ती नहोला किनकी उनी ०४५मा पृथ्बिनारायण क्यापसका स्वबियु सदस्य निर्बाचित भए पछि यति सक्रिय बनेकी तेसको बर्णन गरेर साध्य छैन।

देशमा जनआन्दोलनको रापताप थियो केन्द्र पोखरा र प्रत्य़क्ष नेत्रित्व पृथ्बिनारायण क्याम्पस कै युवा बिध्यार्थीको नाताले रबिन्द्र अधिकारीको कॉधमा थियो।तत्कालिन स्वबियु सभापति झलक सुबेदी हुनुहुन्थ्यो वहॉहरुले कलेज ०४७ बाट छाडेपछि स्वबियुको नयॉ चुनाब हुन नसकेकोले नाम उही कार्यकारी जिम्मा रबिन्द्र अधिकारी लाइ थियो। ०४९मा स्वबियुको चुनाब भयो र सभापति रबिन्द्र अधिकारी निर्बाचित हुनुभयो।पृथ्बिनारायण कलेजमा उल्लेख्य सुधारका काम भए।०५३ मा केन्द्रिय क्याम्पस त्रिबिमा पनि सभापतिमा निर्बाचित हुनुभयो।देश भरिका कलेजहरुको स्वबियु काउन्सिलमा पनि संयोजक हुनुभयो। वहॉ बिध्यार्थी राजनितीमा अबिचलित अगाडी बड्नु भयो अनेरास्वबियुको कास्की जिल्ला अध्यक्ष हुदै अन्चल कमिटी अध्यक्ष र केन्द्रिय सदस्य,माहासचिब हुदै अध्यक्ष हुनुभयो। ब्यबस्थापनमा स्नातकोत्तर गरेका अधिकारीका बिभिन्न लेखहरु र कृतीहरु पनि प्रकाशित छन। संबिधान सभा,लोकतन्त्र र राज्य पुनरसंरचना नामक कृती पाठकको रोजाइमा परेको कृती हो। बिध्यार्थी राजनिती बाट पाटी राजनितीमा होमिएका अधिकारी त्तकालीन नेकपा एमाले कास्की जिल्ला कमिटी सचिब २पटक,अन्चल कमिटी सदस्य,राष्ट्रिय परिषद सदस्य,केन्दीय सदस्य र पाटी स्कुल बिभाग तथा संसदिय बिभाग सदस्य रहि सकेका अधिकारी पछिल्लो समय दुइ पाटीको एकता पश्चात नेकपाको पनि केन्द्रिय सदस्य थिए। बिध्यार्थी कालमा ६महिना जेल जिबन बिताएका कुशल नेता अधिकारी राष्ट्रिय निर्बाचन जितेर ह्यट्रिक गर्ने नेतामा पर्दछन। आज भन्दा २५बर्ष अगाडी यो पंतिकारको पृथिबिनारायण क्याम्पस मै वहॉ संग भेट भएको थियो।सालिन,भद्र,तार्किक र बहुमुखी प्रतिभाको ब्यक्तित्व जस्तै लागेको थियो। सैधान्तिक रुपमा वहॉ अनेरास्वबियु पाचौ र यो पंतिकार अनेरास्वबियु छैटौमा आस्था राख्थ्यो। अब लागौ वहॉको राजकिय सेवा को चर्चा परिचर्चा र योगदान तर्फ।

०६४मा वहॉ संबिधान निर्माण गर्ने तर्फका बिभिन्न समितीमा सदस्यको रुपमा रहेर कार्य गर्नु भयो।संबिधान सभा भंग भएकोले यो कार्य ०७०को चुनाब पछिको समितीमा सर्यो र वहॉ रुपान्तरित संसदको विकास समितीको सभापति बन्नु भयो। सभापतिको हैसियतले वहॉले राष्ट्रिय गौरवका आयोजनाहरुमा निरीक्षण,सुपरिव़ण गर्नु भयो। ०७४ को संघिय संसदमा निर्बाचित भए पछि पाटीले वहॉको मुल्यांकन गरेर संस्कृती,पर्यटन तथा नागरीक उडड्यन मन्त्री बन्नु भयो। मन्त्री भै सके पछि धेरै मेहनेत र परिश्रम गर्ने मन्त्रीमा वहॉ गनिनु हुन्छ। बर्षौ देखी बन्न नसकेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल बन्ने प्रकृयामा छ। गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल करिब अब पुरा हुने चरणमा छ। नेपालको दोश्रो बारा-निचगड अन्तराष्ट्रिय बिमानस्थलको लागी पर्याप्त गृहकार्यमा जुटिरहेको अवस्था थियो। देशको एक मात्र अन्तराष्ट्रिय बिमानस्थलको स्तर उन्नति हुने प्रकृयामा थियो।

संस्कृती तर्फ पुरातत्वबिभागले धमाधम काम गरिरहेको अवस्था थियो। देश भरि बिमान सेवा नभएको ठॉउमा सम्भाब्यता अध्यन गरी अति आवश्यक ठॉउमा बिमानस्थल बन्ने प्रकृयामा थिए। पछिल्लो समय यहि प्रकृया अन्तरगत माननिय मन्त्री रबिन्द्र अधिकारी तेर्हथुमको आठराइ गाउपालिकाको चुहानडॉडामा बन्न लागेको बिमानस्थलको सम्भाब्यता अध्यनको लागी टोली सहित जानु भएको थियो। राष्ट्रहित र जनहितको कार्य सम्पन्न गरी फर्किरहेको अवस्थामा ताप्लेजुंगको फुंगलिंगपुग नगरपालिका १० स्थित सिस्नेभिरमा एअर डाइनेस्टिको हेलिकप्टर दुर्घटना हुनपुगी माननिय मन्त्री सहित ६ जना टोलीको अकल्पनिय मृत्यु हुनपुग्यो। मन्त्रीको हैसियतले वहॉले देखेको सपना र वहॉले शुरु गरेका कार्यहरु पुरा गर्नु सरकारको दायित्व हो।साथ दिनु तपाइ हाम्रो कर्तब्य हो। अल बिदा रबिन्द्र अधिकारी हार्दिक श्रदा सुमन!!! परिवार जनमा समबेदना।

प्रतिक्रियाहरू