सनातन साहित्य सङगीत साधना समूह “पाँच-स” को तेश्रो साधारण सभा सम्पन्न, अध्यक्षमा सर्व सहमतबाट भबस्बी बोम्जन चयन

590

सनातन साहित्य सङ्गीत साधना समूह “पाँच-स” दक्षिण कोरियाले तेश्रो साधारण सभा सम्पन्न गरेको छ। साहित्य र सङ्गितको माध्यमद्वारा कोरियामा अध्यात्मिक जागरण गराउने प्रयास स्वरुप स्थापना गरिएको सनातन साहित्य सङगीत साधना समूह “पाँच-स” द्वारा सउलको दोङ्देमुनमा अबस्थित नेपाल हाउसमा हिजो तेस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको हो।

यम सापकोटाको सभापतित्वमा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथि एन.आर.एन.ए. अध्यक्ष लक्ष्मी लामा गुरुङ्ग, बिशेष अतिथि एन.सि.सि. कोरियाका अध्यक्ष अन्जु के सी, जन सम्पर्क समितीका निबर्तमान सभापति गिरिराज कुँवर, नेपाल पर्यटन दुत तथा एन.आर. एन.ए. संरक्षक के.पी. सिटौला, एन.आर.एन.ए. उपाध्यक्ष साजन शर्मा, पाँच ‘स’ संस्थापक अध्यक्ष तथा एन.आर.एन.ए. सल्लाहकार राजु क्षेत्री साथै आमन्त्रीत अतिथिहरुमा काभ्रे सम्पर्क समिती अध्यक्ष तथा जनसम्पर्क समिती पार्टी प्रबक्ता सिताराम तिमील्सीना, धादिङ्ग समाज अध्यक्ष सन्तोष अधिकारी, भक्तपुर समाज अध्यक्ष रमेश गिरी, तथा कोरियामा क्रियाशिल संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको थियो।

“पाँच-स” सनातन साहित्य सङ्गीत साधना समूहको तेस्रो बार्षिक अधिबेशनबाट सर्ब सहमत अध्यक्षमा भबस्बी बोम्जन, बरिष्ठ उपाध्यक्षमा लोकराज न्यौपाने, उपाध्यक्षमा महेश कोइराला र निराजन अर्याल, महासचिवमा प्रेमराज अधिकारी, सचिवमा सुन्दर पन्थी र बिज्ञान अर्याल,कोषाध्यक्षमा जीवन काफ्ले नियुक्त भएका छन। साथै सदस्यहरुमा क्रमश रहर मोत्तान, जिबन दियाली, लोकमनी चाँपागाई, उत्सब खडका, खगेन्द्र खत्री, तुलसी अधिकारी र अमन तामाङ सर्बसम्मतले नियुत्त भएका छन।

 

प्रतिक्रियाहरू