समाजसेवी भजिन्द्र क्षेत्रीले पाए यो वर्षको सउल महानगरपालिकाको मानार्थ नागरिकता

0
427

 

सउल महानगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्ने मानार्थ कोरिएन नागरिकता यो पटक नेपाली कॉंग्रेसको महासमिति सदस्य एवं समाजसेवी भजिन्द्र क्षेत्रीले पाएका छन्। नेपाल र कोरियाबीच संस्कृति आदान-प्रदान, सामाजिक र आर्थिक क्षेत्रमा योगदान पुर्याए बापत क्षेत्रीलाई सम्मानसहित यो मानार्थ नागरिकता प्रदान गरेको हो।कोरियाको राजधानी सउलमा नोभेम्वर १५ मा आयोजना गरिएको बिशेष समारोहमा क्षेत्री सहित २२ देशका नागरिकहरुले मानार्थ नागरिकता पाएका हुन्।

-- Ad --


दुई देश विचको संस्कृति आदान-प्रदान, सामाजिक, अर्थिक क्षेत्रमा बिशेष योगदान पुर्याय वापत सउल महानगरपालिकाले कोरियामा बसोबास गर्ने बिदेशीलाई सम्मानसहित मानार्थ नागरिकता प्रदान गर्दै आइरहेको छ। उनले यो सम्मान आफ्नो ब्यक्तिगत रुपमा मात्र नभई कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली र नेपालको सम्मान भएको भन्दै आगामी दिनमा सुदृढ, सशक्त र कोरियाको प्रबिधि बिकाशका नमुना नेपालमा भित्र्याउने नीतिका विषयमा आफु लागि पर्ने बताएका छन्।

नेपालको बाग्लुङ्ग जिल्लामा जन्म भई बुटवलमा बसोबास गर्दे आउनुभएका उनी बिगत १४ बर्षदेखि कोरियामा रहदै सामाजिक कार्यमा संम्लग्न रहदै आएका छन्। तेक्वान्दोका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक समेत रहेका उनी यहि क्षेत्रमा नेपाल र अन्तराष्ट्रिय स्तरमा विभिन्न पदकहरु समेत हासिल गरिसकेका छन्।

यो सम्मानवाट पूर्व सम्मानित एन.आर.एन.ए. कोरियाका पूर्व अध्यक्ष राजु क्षेत्रीले कोरिया सरकारले प्रदान गर्ने यस्ता सम्मानले नेपाल र नेपालीको प्रतिष्ठालाई माथि उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। यो वर्ष क्षेत्रीसहित मानार्थ नागरिकता पाउने नेपालीको संख्या ७ पुगेको छ। यसअघि के.पी. सिटौला, देन्जी शेर्पा ,राजु क्षेत्री, जुनु गुरुङ र हर्क बहादुर गुरुङ (भिम गुरुङ) गम्भीरमान श्रेष्ठले मानार्थ नागरिकता प्राप्त गरिसकेका छन्।

कोरियाको सामाजिक, आर्थिक र सास्कृतिक प्रवर्धनमा देश भित्र र वाहिरवाट सहयोग गर्ने कुनै पनि विदेशी नागरिकलाई गत जुलाई २७ सम्म सउल मेट्रोपोलिटन गभर्मेन्टको योजना तथा प्रशासन मन्त्रालय अन्तरगतको इन्टरनेशनल रिलेसन डिभिजनले यस वर्षको मानार्थ नागरिकताको लागि आव्हन गरेको थियो। कोरियामा लगातार ३ वा ५ वर्ष भन्दा वढी वसोवास गरेको र सउलमा वसोवास गरेका कम्तीमा पनि ३० जनाको सिफारिस हुनुपर्ने डिभिजनको नियम छ भने सन् १९५८ यता मानार्थ नागरिकता पाउनेको संख्या नेपाली सहित ९४ मुलुकका ८२० (आठ सय वीस) पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here