सलनालमा आयोजित कार्यक्रम हरुलाई सफल बनाइदिनुहुन एनसीसी कोरियाको अनुरोध

657

कोरियाली नयाँबर्ष सलनालको अवसर पारेर कोरियामा आयोजना गरिएका बिभिन्न सांस्कृतिक कार्यक्रम हरुलाई भब्य र सभ्य रुपाले सम्पन्न गर्नको निमित्त कोरियामा रहेका सम्पूर्ण ,संघसंस्था , बुद्दिजीवी ,पत्रकार लगाएत सम्पूर्णमा एनसीसी कोरियाले हार्दिक अपिल गरेको छ l
हार्दिक अपिल
“सर्वप्रथम कोरीयामा रहि भिन्न भिन्न पेशा र क्षेत्रमा कार्यरत सम्पुर्ण नेपाली  दाजुभाई तथा दिदिबहिनीहरूमा तपाई हामी विच नजिकिदै गएको कोरियन नयाँ वर्ष सलनालको सुखद उपक्ष्यमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलय शुभकामना ।
सन् १९९३ मा स्थापित एक मात्र पुरानो सामाजिक संस्था एनसिसिको छुटै ईतिहास र गौरवका गाथा छन् । कोरियामा रहेका नेपालीहरू र नेपालमा रहेका नेपालीहरूमा आइ पर्ने  महा संकट र समस्याहरूबाट माथि उठ्न  यावत वाधा व्यवधानसंग पौठेजोरी  खेल्दै सामाजिक कार्यमा अाफनो भूमिका यो मिति सम्म  अनवरत रूपमा चलिरहेको छ । कोरीयाली भूमिमा एनसिसिले नेपाली समुदाय र विभिन्न संघसंस्थाहरू माझ छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यसको प्रमुख कारणहरू मध्ये सामाजिक गतिविधि र क्रियाकलाप निरन्तर रूपमा भिन्न पाटो र पक्षहरूलाई संगाल्दै आउनु । यसको जगमा रहेर नेपाली समुदाय र संघसंस्थाहरू विच एक आपसमा बैमश्यता, तिक्तता ,फाटो र असमझारी नआहोस् भन्ने हेतुले कोरियन चार्ड छुसक र कोरियन नयाँ वर्ष सलनालका लागि कार्यक्रम बाँडफाँड गर्दै आएको छ । यसको पनि निश्चित मापदण्ड निदिष्ट विधिहरू तय छन् । त्यसैमा आधारित रहेर विभिन्न संघसंस्थाहरूले कार्यक्रम गर्न पाउ भनि निवेदनका साथ दस्तुर शुल्क बुझाई प्रक्रियामा संलग्न भएपछि कार्यक्रम पाउने अधिकार सुनिश्चित छ । यसैको निरन्तरता स्वरूप गत डिसेम्वर  ९ तारिकका दिन एक कार्यक्रम आयोजना गरि कार्यक्रम बाँडफाँड विवाद रहित र निश्पक्ष रूपमा सम्पन्न गरेको कुराले कोरिया स्थित सम्पुर्ण नेपालीहरूमा छुट्टै खुसिको वहार छाएको छ l
एनसिसि कोरिया , विभिन्न संघसंस्था र सम्मानित व्यात्तित्वहरूको प्रत्यक्ष सहभागिता र संलग्नता विधि संवत् सलनालको  लागि साँस्कृतिक कार्यक्रम गर्न अधिकार पाएका संघसंस्थाहरु यसप्रकार छन् l
१. फेब्रुअरी ३  नेवा :पुच  ( भिन्तुना साङ्गितिक सौगात भाग २)
२.फेब्रुअरी ४ उदयपुर सेवा समाज (उदयपुर म्युजिकल कन्सर्ट )
३. फेब्रुअरी ५ नुवाकोट सेवा समाज  (नुवाकोट साङ्गितिक सौगात )
माथि उल्लेखित संघसंस्था  द्धारा आयोजित कार्यक्रमलाइ  भव्य र सव्य रूपमा सफल पारि दिनु हुन कोरियावासी सम्पूर्ण बुद्दिजीवी ,समाजसेवी ,ब्याबसायी ,पत्रकार ,बिधार्थी तथा श्रमिक वर्गहरुमा हार्दिक  अपिल गर्दछौ “l
नेपाली सम्पर्क समिति ( एनसीसी कोरिया)

प्रतिक्रियाहरू