सांगीतिक आकाशका ६ नक्षत्र हरु तीन ध्रुब बाट कोरियामा भेट हुदै, थप रमाइलो पार्न कोरियाका ताराहरुले सघाउने

1775

नेपाली सांगीतिक आकाशका ६ उज्याला नक्षत्र हरु कार्यक्रमको शिलशिलामा कोरियामा भेट्ने भएका छ्न।अमेरिका बाट चर्चित आधुनिक तथा सुफि गायक (सुन साइली)हेमन्त राना ,भारत मुम्बई बाट बिश्व बिख्यात डान्सर तेरिया मगर (डि आइ डी लिटिल मास्टर/झलक दि खा जा बिजेता) ,नेपाल बाट चर्चित चलचित्र पार्श्व गायिका मीना निरौला(लैजाउन घुम्न मलाइ ठमेल बजार,काले दाइ काले दाइ,रुपै मोहनी) शान्ति श्री परियार(बोल माया,बिर्सनेलाइ सम्झेर यो मन किन रुन्छ,सालघारीमा सिसौ,मेरो मायामा राजनीति भो) र चर्चित भर्स स्टायल गायक सागर आले(नेपाल आइडल टप -४) सांगीतिक प्रस्तुतिको क्रममा मगर संघको निम्तोमा छुसक सांगीतिक धमाका -२०१८ मा कोरियामा आउने भएका छ्न। आमन्त्रित कलाकार हरुलाइ थप हौसला दिन कोरियामा रहेका प्रतिभाशाली नेपाली कलाकार हरुले नृत्य,गायन,गीति नाटक पनि प्रस्तुत गर्ने भएका छन।
सौल मेट्रो नम्बर १ ख्वाउन्दे यक नजिकै रहेको दोङ्हेमुन ह्वाय सुल ग्वान को सुबिधा सम्पन्न हलमा दिउसो १२ बजे देखि नेपाली गीत संगीत गुन्जायमान हुनेछ।बिभिन्न संघ,संस्था हरुले बिबिध कार्यक्रम गरे पनि नेपाल र नेपालीको एक मात्र मौलिक कार्यक्रम छुसक सांगीतिक धमाका नै रहने कार्यक्रम ब्यबस्थापक तथा प्रमुख सल्लाहकार होबिर थापा मगरले दाबी गर्नु भएको छ।नेपाली लोक दोहोरी,चलचित्र,पप आधुनिक हास्य तथा नृत्यका साथ मौलिक कौडा झ्याउरे सालैज्यो यस पाली झनै रोचक बनाउने र कोरियामा घटेका यथार्थ सामाजिक घटनामा आधारित गीति नाटक छुट्टै मनोरन्जन दिलाउने पनि दाबी थापाले गर्नु भएको छ।

कार्यक्रमको तयारी करीब ९०% सकिएको र आमन्त्रित अतिथि कलाकार हरु २२ तारिख शनिबार भिन्न भिन्न समयमा कोरिया आइपुग्ने कलाकार ब्यबस्थापक तथा बरिष्ठ सल्लाहकार नबिन काला मगरले जानकारी दिनु भएको छ।

प्रतिक्रियाहरू