साउदीमा मृत्यु दण्ड सुनाइएका घर्तिमगरलाई राप्ती समाज कोरिया द्वारा आर्थिक सहयोग

2759

बबिता ओली (क्षेत्री) – दक्षिण कोरिया –

वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब पुगेका रोल्पा न.प. १० का एक नेपालीको जिवन रक्षार्थ राप्ती समाज दक्षिण कोरियाले आर्थीक सहयोग गरेको छ । विगत २ बर्ष देखी जेल जिवन बिताईरहेका थवाङ निवासी दिल बहादुर घर्तिमगरलाई राप्ती समाज दक्षिण कोरियाले ने.रु. २ लाख ६२ हजार ८ सय५६ सहयोग गरेको हो ।साउदी स्थित  अलदो आदमी भन्ने स्थानमा  कार्यरत रहँदा निजले चलाएको सवारी दुर्घटना  हुँदा एक साउदी नागरिकको मृत्यु भएपछी घर्तिमगर बिरुद्ध मुद्धा दायर भएको थियो ।

साउदी अरवको उच्च अदालतले घर्तिमगर लाई मृत्युदन्ड्को फैसला सुनाए पछी ब्लड मनिको आवश्यक रकम र निजको जिवन रक्षाको लागी समाजले आवश्यक रकम संकलन अभियान सुरु गरेको थियो । सो रकम सोमवार काठमाडौं संघिय संसदका सभामुख कृष्ण बहादुर महराको निवासमा एक कार्यक्रम गरी राप्ती समाज  दक्षिण कोरियाका सल्लाहकार लाल बहादुर महरा र पूर्व वरिष्ठ उपाध्यक्ष निमेष कुमार ओलीले  निजको श्रीमती मनिका बुढा मगरलाई सो रकम हस्तान्तरण गरिएको समाजका सचिव ओमलाल ओलिले बताउनुभयो । त्यस्तै,कतार एरलाईन्समा कार्यरत नेपालिहरु बाट संकलन भएको ने.रु.३५ हजार ६७ रकम त्यस्तै सभामुख महराले ५० हजार  (ब्यक्तिगत) पनि सोही कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्तीका सल्लाहकार लाल बहादुर महराले जेलजीवनको खबर सुन्ने बित्तिकै राप्ती समाजले सहयोग संकलन गर्न सुरू गरेको र दिल बहादुरको जीवन रक्षा भै भेट्न पाउने आशा साथै सम्पुर्ण सहयोगीहरूप्रती व्यक्तिगत र राप्ती समाजको तर्फ बाट हार्दिक आभार व्यक्त गरेका थिए l

प्रतिक्रियाहरू