सातौं रेसुंगा कप भलिबल प्रतियोगिताको उपाधि बाग्लुंग समाज दक्षिण कोरियालाई

708

कोरियामा गत आइतबार सम्पन्न सातौँ   रेसुङ्गा कप भलिबल प्रतियोगिताको उपाधि बाग्लुंग सम्पर्क समितिले जित्न सफल भएको छ l
कुल नौ वटा समूह  बीच भएको उक्त प्रतियोगितात्मक खेलमा कालिगन्डकी ब्वाईज   समुह   उप बिजेता  बन्न सफल भयो भने सोहि समुहका सागर  राना मगरले उत्कृस्ट खेलाडीको उपाधि हात पार्न सफल भएका छन  l  स्याङ्जा परिवार तथा  बिश्वकर्मा समाजलाई तेस्रो पुरस्कार हात परेको छ l

कोरियाको पोछनमा सम्पन्न उक्त प्रतियोगीताल्मक खेलमा कोरियामा रहेका बिभिन्न संघ संथाका प्रतिनिधि तथा खेलप्रेमी नेपालीहरुको उपस्थिति रहेको थियो l

बिजेता समुहलाई नेपाल भलिबल संघ दक्षिण कोरियाका अध्यक्ष भाजिन्द्र क्षेत्रि , गुल्मी सम्पर्क समितिका अध्यक्ष चन्द्र राना लगाएतका ब्यातित्वहरुले  पुरस्कारको साथमा प्रमाणपत्रले   सम्मान गर्नु भएको थियो l

त्यस्तै भलिवल कार्यक्रमलाइ सफल पार्न अहोरात्र खटिने गुल्मेली स्वमसेवक ,खेलाडी  लगाएत   प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्ण नेपालिहरुमा आयोजक गुल्मी सम्पर्क समितिले बिसेष धन्यवाद ब्याक्त गरेको छ l

कोरियामा प्रायजसो अप्रिल देखि अक्टोबर सम्म हरेक महिना भलिवल प्रतियोगिता आयोजना हुने गर्दछ l यसरि  बिभिन्न संघ संथाको आयोजनामा गरिने यस्ता खाले कार्यक्रमहरुले नेपालि हरुबीच भाइचारा र सद्वाब बढाउन थप टेवा पुगेको अधिकांस नेपालिहरु बताउछन l

प्रतिक्रियाहरू