साबधान ! कोरियामा नेपालीको फेसबुक ह्याक गरि यसरि ठग्दैछन

2094

सामाजिक सन्जालको दुरुपयोग गरि ठगी गर्ने प्रबृत्ति पछिल्लो पटक फेरी दोहोरिन थालेको छ l दक्षिण कोरियास्थित थेगु शहरमा कार्यरत एक महिलाले  सामाजिक सन्जाल फेसबुकको इपिएस टपिक ग्रूप मार्फत  आफु ठगिएको जानकारी गराउदै सहयोगकोलागि आपिल गरेकी छन्   l  सत्यतथ्य बुझ्न उनीसँग  सम्पर्क गर्दा सामाजिक सन्जाल राजु  नाम गरिएको फेसबुकको पर्योग गरि विभिन्न उपभोग्य सामानको को बिज्ञापन गरिएको र  उक्त समान अर्डर गर्दा  आफुलाई  बैंक  मार्फत पैसा तिर्न आनुरोध गरिएको बताइन l  तर पैसा तीरिसके पछि   उक्त फेसबुक आइडी   बन्द गरिएको गुनासो गरिन l उनले आफु फिलिपिनो नागरिक भएको र आफुले ३ लाख ५५ हजार कोरियन वोन केइबि हाना बैंक  मार्फत भुक्तानी गरेको  पनि बताईन l
त्यस्तै फेसबुक  ह्याकर बाट पिडित भएका राजु राइले  ,राई राजु नामको फेसबुक आइडी आफ्नो रहेको र उक्त  फेसबुक आइडी ह्याकरले ह्याक गरि प्रायोग गरिरहेको हुदा साबधानी आपनाउन सबैलाई जानकारी गराउदै आएको बताए l उनले  येंग्छंन प्रहरि कार्यालयमा  रिपोर्ट पनि गरेको जानकारी गराउदै आफुपनि  ति महिला लाइ सहयोग गर्न तत्पर रहेको  बताए  l
उनले लामोसमय देखि प्रयोग गर्दै आइरहेको  उक्त राई राजु नामको  फेसबुक आइडी ह्याकरले  ह्याक गरि गलत प्रयोजनकोलागि प्रयोग गर्दै आएको तथा आफ्नो  व्यक्तिगत सम्पुर्ण विवरण उक्त  फेसबुक आइडीमा रहेकोले आफुपनि चिन्तित रहेको गुनासो गरेका छन् l साथै राई राजु नाम को उक्त आइडी फरक फरक नाम परिवर्तन गरेर प्रयोग गरिरहेको जानकारी गराएका समेत गराएका छन् l यसवारेमा आफु निर्दोष  रहेको बताउदै  सबै कोरियाबासी नेपालीलाई  यस्ता फेसबुक ह्याकर बाट साबधान रहन समेत आनुरोध   गरेका छन् l

प्रतिक्रियाहरू