सामाजिक कार्यका लागि कोरियामा ‘रणवीर’ प्रदर्शन गरिने

114

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । नेपालमा मेकिङ्गको कारण चर्चामा रहेको फिल्म दक्षिण कोरियाको राजधानी सिओलको तोङदेमुन स्थित रहेको छोङनोकुकमिन हवोगानमा यहि जुन २३ तारिखमा प्रदर्शन हुन् लागेको हो । बिसौनी सांगितीक समुह दक्षिण कोरियाको आयोजनामा फिल्मलाई जगदीश महराले प्रदर्शन गर्दैछन् । ‘मुनाफालाई ५ नम्बर प्रदेश अन्तर्गतको त्रिवेणी गांउपालिकाको अति विकट स्थान सिम्रुतु रुंघामा एम्बुलेन्स खरिदार्थ प्रदान गर्ने छौ’ कार्यक्रम संयोजक महरा भन्छन् ‘फिल्मको गीतसंगीत यहाँ रुचाइएको छ , फिल्मले नि राम्रो कलेक्सन गर्ने आश छ ।’ फिल्म मार्फत सामाजिक कार्यमा टेवा पुग्ने भएपछी आफुहरु अगाडी बढेको निर्माता मध्यका एक दिपेन्द्र रेग्मीले बताए । ‘फिल्म प्रदर्शन मार्फत पैसाले किनिने एम्बुलेन्सले हजारौको ज्यान बचाउन सकिन्छ’ दिपेन्द्रले भने ।

फिल्ममा सुशील सिटौला , प्रशान्त ताम्राकार , सुवेक्षा खड्का , सुपुष्पा भट्ट , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

प्रतिक्रियाहरू