सावधान ! तपाई नेपालबाट दक्षिण कोरिया आउँदै हुनुहुन्छ भने यि सामानहरु नल्याउनुहोस्

3743

नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागले हिजो एक सुचना जारी गरी ई.पि.स प्रणाली मार्फत कोरिया जाने नेपाली श्रमिकहरुलाई नेपालवाट केही सामानहरु लैजान प्रतिबन्ध गरेको खुलाइएको छ।
कोरिया सरकारले आफ्नो अध्यागमनमा नेपालवाट ल्याउने सामानहरुमा माछा मासु (सुकुटी) जन्य पदार्थ, औषधी, फलफूल तथा वोटविरुवा लगायतका सामानहरुमा प्रतिबन्ध लगाएको हो। यस सम्वन्धी हेल्लो नेपाल कोरिया डट कमले कोरिया स्थित नेपाली राजदुतावासमा बुझ्दा आधिकारीक जानकारी आउँन बाँकी रहे पनि सुचनामा अन्योल नहुन दुतावासका दित्तीय सचिव उद्धब न्यौपानेले बताउँनु भयो। उँहाका अनुसार पहिले यि चिजहरुमा कडाइ नगरिएको भए पनि हाल नियम परिवर्तन भएको हुन सक्ने बताउनु भयो भने नेपालवाट हतियारको रुपमा वा गिफ्टको रुपमा भने खुकुरी ल्याउन प्रतिबन्ध गरेको प्रष्ट पार्नुभयो। त्यस्तै, हेल्लो नेपालले नेपालमा रहेको (HRD KOREA) EPS Center Nepal मा बुझ्दा पनि सुचना आधिकारिक भएको प्रष्ट पार्दै यो नियम ई.पि.एस. लगाएत दक्षिण कोरिया जाने जो कसैमा लागु हुने बताउँनु भयो।
यस्ता सामानहरु नेपाली अध्यागमनवाट छिराए पछि कोरियाली अध्यागमनले कडाई गरी केही श्रमिकहरु पक्राउ परेको भन्ने जानकारी फोनमा आएको HRD Service of Korea, Korean EPS Center, Nepal ले सुचनामा बताएको छ।
तसर्थ, नेपाल सरकारले ई.पि.एस. मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकहरु एवं जुनसुकै भिसा मार्फत कोरिया जाने नेपालीहरुलाई यस्ता प्रतिबन्धित सामानहरु कोरिया नलैजान समेत आग्रह गरेको छ भने यस्ता वस्तुहरु लगेको अवश्थामा कोरियाको अध्यागमन कार्यालयवाट पक्राउ पर्ने, कार्वाहीमा परिने तथा तोकिएको जरिवाना तिर्नपर्ने र एयरपोर्टबाटै फर्कनु पर्ने अवश्था हुन सक्ने भएकोले सचेत रहन सुचना जारी गरको छ।

प्रतिक्रियाहरू