Home विविध सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छोडिहाल्नुस

सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छोडिहाल्नुस

0
सुत्नुअघि मोबाइल चलाउने बानी छ ? छोडिहाल्नुस

तपाईमा सुत्नुभन्दा अघि मोबाइल हेर्ने बानी पक्कै पनि हुनुपर्छ । नयाँ इमेल केही पो आयो कि ! फेसबुक च्याटमा कसैले केही पो भनिरहेको छ की !  ट्वीटरमा के  ट्वीट भइरहेको छ र अन्त्यमा भोली बिहान त उठ्नु नै छ, अलाम सेट त गर्नै पर्‍यो ! यस्तै – यस्तै कारणले पनि सुत्नुअघि मोबाइल चलाउने गरिन्छ । 

यसरी मोबाइलमा रमाउदै गर्दा रात छिप्पिन सुरु हुन्छ र शरिरलाई चाहिने आवश्यक निन्द्रा पुग्दैन । मनोरोग विशेषज्ञ भन्छन् ‘निन्द्रा नपुगेपछिको पहिलो असर नै दिमाखमा पर्न सुरु हुन्छ ।’

सुत्नुअघि मोबाइलबाट इमेल/इन्टरनेट हेर्दैगर्दा स्त्रिनले दिने चमकले आखालाई चनाखो बनाइ राख्दछ । आँखाले आनन्द लिन थालेपछि मानिस रोमाञ्चित हुदै जान थाल्दछ,  त्यतिन्जेलसम्म दिमाखपनि चनाखो नै भइबस्नुपर्ने हुन्छ ।

सुत्नु भनेकै निरन्तर काम गर्दै आएका शरिरका कोशिकालाई आराम गर्न दिनु पनि हो । शरिरका कोशिकालाई आराम गर्न दिइएन भने टोक्सिन अर्थात एक प्रकारको बिष उत्पादन हुन सुरु हुन्छ   र त्यसको प्रतक्ष्य असर दिमाखमा देखापर्दछ । 

 साधारणतया ७ देखी ९ घण्टा सुत्नको लागि समय चाहिन्छ । त्यो भन्दा कम सुत्ने मानिसमा ध्यान केन्द्रित गर्न नसक्ने, सम्झन सक्ने क्षमतामा ह्रास हुने, हेर्दा स्वस्थ्य नदेखिने (नेपाली उखानमा नुन खाएको कुखुरा जस्तो ) समस्याहरु देखापर्दछ । 

राती १० बजे सुत्दै हुनुहुन्छ भने ९ बजे नै मोबाइल फोन प्रयोग गर्ने छाडिदिनुपर्दछ । एक घण्टापछि सुत्नको लागि तयार हुदैगर्दा दिमाखले आरामको लागि तयार हुन थाल्दछ र दिमाखलाई डिजिटल डोमेनले प्रभावमा राख्न पाउदैन ।

बिजनेश इन्साइडले तयार पारेको यो भिडियोमा मनोरोग विज्ञानका प्रोफेसर डा. डानियल सिगलले यसै भनेका छन् ।
भिडियो हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here