सुदुर-पश्चिम समाज बुसान कोरियाले गर्यो मृगौला पिडितलाई सहयोग

392

सुदुर-पश्चिम समाज बुसान दक्षिण कोरियाले बझाङ्ग बु.न.पा.- २ की मृगौला पिडित कोपिला धामीलाई आर्थिक सहयोग गरेका छन्। सुदुर-पश्चिम समाज बुसानका अध्यक्ष ईश्वर रोकायको पहलमा कोरियाबाट ने.रु. १,५००००/- अक्षररुपी नेपाली रकम (एक लाख पचास हजार) पिडितलाई हस्तान्तरण गरिएको हेल्लो नेपाललाई जानकारी आएको छ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पिडित पक्षले सुदुर-पश्चिम समाज बुसान दक्षिण कोरियालाई हार्दिक धन्यवाद दिएका छन्।

प्रतिक्रियाहरू