
कोरियन पर्व छुसकको अवसरमा सुवनस्थित एक क्लवमा छुसक डान्स धमाका हुने भएको छ । डान्स धमाकामा यूवा पुस्तामा पछिल्लो समय निकै हिट हिपहप गायक चिराग सिंह खड्काको प्रस्तुती रहने छ । गायक खड्काको बुढी, लाईफ जाकेट, समाधी, टोपेन्द्र लगायतका थुपै्र गीतहरु चर्चित छन् । उक्त डान्स पार्टी योगं इन्टरपेन्रर्स सेभेन्टी सेभेनले आयोजना गरेको हो ।
सेप्टेम्वर १२ तारिक छुसकको पहिलो दिन बेलुका ७ बजे बाट शुरु हुने उक्त डान्सपाटीमा जान सुवन ट्रेन स्टेसनको गेट नम्वर ९ बाट नारायणी रेष्टुरेण्टको अगाडी रहेको छ । डान्स पार्टीमा गायक चिराग सिंह खड्कालाई डिजे के नोन र विक्रम लामाले साथ दिनेछन् ।
डान्स पार्टीमा सहभागीहरुले स्वयम्भु रेष्टुरेण्ट तथा पूर्णिमा रेष्टुरेण्टको १० प्रतिशत छुट कुपन पाउनेछन ।