सुशासन र स्थिरतामा अाधारित समृद्धि अनि #मपनि

1008

मुलुकको बिकासको पहिलो र अन्तिम सर्त नै सुशासन हो। सुशासन कायम हुन सकेन भने विकास र समृद्धि कोरा कल्पना मात्र हुनेछन। अाजकल सामाजिक सञ्जालमा भ्रष्टाचार बिरुद्ध ”#म पनि ”लाइ ट्रेण्डको रुपमा बिकास गरेर भ्रष्टाचार बिरुद्ध नयाँ पुस्तामा एउटा जागरण ल्याउन खोजिदै छ जुन अत्यन्त सकारात्मक छ। यस्ता कदमहरुलाइ स्वागत गरेर मात्र पुग्दैन सार्थक सहयोग गर्नु पनि हामी सबै नागरिकको कर्तब्य हुन जान्छ। यस्ता अभियानहरु अाफैका एउटा पवित्र अभियान हुँदा हुँदै पनि कतिपय सन्दर्भमा यसमा संम्लग्न खराब पात्र, प्रवृतिहरु अतिसय सक्रिय देखिदा निष्ठावान र इमान्दार मान्छेहरु प्रति जनसामान्यले बनाइरहेको सम्मानभावमा कमि अाउन सक्ने खतरा भने रहन्छ नै। त्यसैले नेल्सन मण्डेलाले भनेका छन नि ‘सबै भन्दापहिला तिमी अाफुसंग इमान्दार बन।’ ”अाफुमा परिवर्तन नभएसम्म तिमीले समाजलाइप्रभावित पार्न सक्दैनौ। ”
त्यसैले जब सम्म हामीले म ,बाहेक अरुले भ्रष्टाचार गर्नु हुदैन भन्ने मानसिकता लिएर यस्ता अभियानहरुमा सहभागि हुन्छौ त्यतिञ्जेलसम्म यस्ता अभियानले सकारात्मक परिणाम दिदैन। सानो वा ठूलो प्रकृतिक भ्रष्टाचार नागरिकको हैसियतमा होस वा तोकिएको अख्तियारको प्रयोग गर्दा होस भ्रष्ट अाचरणलाइ एकै ब्यबहार गरिनु हुदैन । भ्रष्ट अाचारण भएको ब्यक्तिको राजनीतिक निकटता वा अन्य कुराहरुको निकटताको अाधारमा पनि सहिष्णु हुनु त्यो अाफैमा भ्रष्टाचार हो। हाम्रो नेपालि समाजका प्राय हरेक जसो ब्यक्ति कतै न कतै संगठित हुने गरेको पाइन्छ चाहे त्यो स्वदेश होस या बिदेश। यसरि संगठित हुने संस्थाहरु नाफामूलक, सेवामूलक वा राजनैतिक चरित्रका हुन्छन। सामान्य नागरिक संगठित हुने यस्ता संस्थाहरुमा समेत पारदर्शिता प्रदर्शन गर्न नसक्नेहरु पनि भ्रष्टाचार निर्मुलनको अभियानमा सरिक भएको देख्दा सच्चा र इमान्दार मान्छेहरुलाइ यस अभियान प्रतिको तिब्र ब्यङ्यानुभुति हुन्छ।यसले अझै निरासा उत्पन्न गर्न सक्छ। त्यसैले बिगतमा कसैले जानेर वा नजानेर भ्रष्टाचार जन्य कृयाकलाप गरेको तर अहिने यस्तो काम गर्नु सहि होइन रहेछ। यसमा मलाइ पश्चाताप छ। बिगतमा मबाट भएको उक्त भ्रष्टाचारजन्य कृयाकलापबाट देश र जनतामा पर्न गएको क्षतिप्रति क्षमाप्रार्थि छु। म भ्रष्टाचार बिरुद्धको यस अभियानबाटै मैले पुर्याएको नोक्सानिको क्षतिपूर्ति गर्नेछु भन्ने प्रतिबद्धता सहित यस अभियानमा सरिक हुने हो भने यस अभियानको मर्याद बढ्ने मात्र होइन हाम्रो समाजमा भएको तपाइ हाम्रै चिन्तन प्रबृतिको परिवर्तन गर्न मद्दत पुग्ने छ। र यो भ्रष्टाचार बिरुद्धको अभियान मात्र होइन सुद्धिकरणको अभियान समेत बन्नेछ।
यसरि सबैमा सकारात्मक परिवर्तन अाएको खण्डमा शासन सञ्चालनमा पारदर्शिता भएमा शासनमा जाने जनप्रतिनीधिहरु फेरि रहनु पर्ने अावश्यक पनि हुदैन। कमिसनको चक्करमा योजनाहरुको कार्यान्वनमा ढिलासुस्ति हुनै कुरै भएन। बिकास निर्माणले तोकिएको समय सिमा भित्र लक्ष्य हासिल हुने हो भने समृद्ध टाढाको बिषय पनि होइन। अर्को कुरा देश बिकासको संदर्भमा सत्ता पक्ष र प्रतिपक्षले सकारात्मक रचनात्मक र परस्पर सहयोगिको भुमिका निर्वाहा गर्नु पर्ने हुन्छ।
अन्त्यमा समृद्धि कुनै एक चिजमा हुदैमा देश बिकसित भयो भन्ने हुदैन। त्यसको लागि अार्थिकमा बिचारमा, चेतनामा, ब्यबाहरमा, शिक्षामा, स्वास्थ्यमा, सामजिक जीवनमा परम्परामा, संस्कृतिमा प्रवृतिमा र संस्कारमा समेत समृद्धि हासिल भयो भने मात्र बास्तविक अर्थमा समृद्धि हासिल हुनेछ र सरकारको “समृद्ध नेपाल सुखि नेपालि “को नाराले सार्थकता पाउने छ। यस अभियानमा हामी सबैले अाअाफ्नो तर्फबाट सकारात्मक योगदान गरौ। भ्रष्टाचार बिरुद्धको यस अभियानको सफलताको शुभकामना।

प्रतिक्रियाहरू