सेल्टर चलाउन सॉईली प्रदर्शन

483

नेपाल सामुदायिक समिति ख्वान्जुको आयोजनामा जलनाम्दो ख्वान्जुमा सेल्टर सहयोगार्थ सुपरहिट नेपाली कथानक चलचित्र सॉईली प्रर्दसन हुने भएको छ।
परदेसको ठॉउ,नचिनेका मान्छे,नजानेको भाषा,न खल्तिमा दाम छ न टुङ्गो कामको छ,अईले त खॉए भरे के खॉउला?अईले त यॉहॉ छु भरे कॉहा जॉउला?कॉहा गए कॉहा पुगिन्छ केहि थाहा छैन।नेपाली समाजको यथार्थ चित्रण बोकेको दयाहाङ राई मेनिका प्रधान,गौरव पाहारी केनिया सिंह लगायतका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहेको टिपिकल नेपाली चलचित्र सॉईली ख्वान्जु ,थामयाङ,नाजु,बोङसङ लगायतका आसपासका नेपालीहरुले हेर्नै पर्ने नेपाल सहयोग समितिका अध्यक्ष अरुण क्षेत्रिले बताउनु भयो।
कोरियामा साहुले (खासेयो)जानुहोस भनेपछि कॉहा जॉउ?भन्ने छुट छैन।जॉहासुकै (खा)जा नोङदोम्बु(श्रम कार्यालय)मा मेसेज पठॉउला हिसाव किताव बैङक खातामा हालिदिन्छु (पाल्ली खा)छिटो जा भनेर क्रकश लाग्ने ठुलो स्वरले भनेपछि मुटु सर्को पारेर (खाम्साहाम्निदा) भन्नु पर्दाको पिडा कल्पना गर्नुस त? आफ्नै नेपाली दाजुभाई दीदीबहिनीलाई पर्ने ठुलो आपद बिपदमा मलहम पट्टी लगाउन चलचित्र सॉईली हेरेर सहयोग गर्न बरिष्ठ उपाध्यक्ष रामचन्द्र बरालले आग्रह गर्नु भयो।
नेपालीदाजुभाई दीदीबहिनीहरुको अभुतपुर्व जमघट,चिनजानको साथै भरपुर मनोरंजन लिने अवसर नछुटाउन ख्वान्जु स्थित श्रम कार्यलयमा कार्यरत नेपाली सहजकर्ता सोनाम लामाले अनुरोध गर्नुभयो।

“ यहाँहरूको साथ र सहयोगले नै हामिमा केहि नयाँ कार्य गर्ने सोचमा बल पुग्दछ भन्ने विश्वास राख्दै कार्यक्रम हुने स्थान :- 광산구 하남3번로 133-8 하남근로자 종합복지관
हानाम 3 नंम्बर ( कबड्डी कबड्डी/ चंगा चैट प्रदर्शन गरिएको हल )ख्वाङजु मिति : 2019/06/09आइतबार समय :1:00pm बजे भएको जानाकारी गुरुदत्त पराजुलीले दिनुभयो।साथै ख्वान्जु बस टर्मिनलबाट बस चढेर आउन सकिने संपर्कको लागि अरुण क्षेत्री ०१०६४४५७९१४ यजिनतामाङ ०१०२३६७९२२५ संपर्क गर्न सकिने छ।

प्रतिक्रियाहरू