सेल्टर र राष्कोट अस्पताल सहयोगार्थ थेजनमा ए मेरो हजुर ३ प्रदर्शन हुदै

350

दक्षिण कोरियाको सउलमा सफल प्रदर्शन गरिएको नेपाली चलचित्र ए मेरो हजुर ३ यहि आईतवार जुन २३ तारिक थेजनमा प्रर्दशन हुदैछ । नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको प्रेम भावलाई चलचित्रमा देखाउन खोजिएको छ । सुहाना झरना थापाकी छोरी हुन् ।

सुनिल कुमार थापाको निर्माणमा तयार भएको फिल्म ‘ए मेरो हजुर ३’लाई झरनाले नै निर्देशन गरेकी हुन् । म्यूजिक लभ स्टोरी फिल्ममा अनमोल र सुहानाको साथमा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतको अभिनय छ

थेजन नेपाली समाज दक्षिण कोरियाले सेल्टर र राष्कोट अस्पताल सहयोगार्थ उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो । ।

थेजन स्थित छन्थोगं नोरेक्वान, थेजन यक पछाडी रहेको हलमा दिनको ठिक १ः३० बजे देखि शुरु हुने उक्त चलचित्र प्रर्दशनीमा सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई गरिमामय उपस्थितको लागी आयोजक कमिटिले हार्दिक अनुरोध गरेको छ । चलचित्र सम्वन्धी जानकारी लिन गजेन्द्र दाहाल ०१०५९५३६६९२, सुमन राई ०१०२४३८५५८८, मदन भुजेल ०१०५८१९७०६, भुपेश तिमिल्सिना ०१०५८६१४१७९ मा सम्पर्क गर्न सकिनेछ ।

स्टारेमिटको सेवा पनि
कार्यक्रममा नेपालीहरुमाझ लोकप्रिय बनेको रेमिट नेपालीहरुको रेमिट स्टारेमिटको सेवा पनि राखिएको छ । स्टारेमिट एप दर्ताको लागि एलियन कार्ड, कोरियाको बैक खाता नम्वर, र पासपोर्ट आवश्यक पर्दछ । रेमिटमा पहिलो पटक निशुल्क सेवा, अटो डेविट सिष्टम, रियल टाइम पेमेन्ट लगायत थुप्रै सुविधाहरु रहेको छ ।

प्रतिक्रियाहरू