सेवक नेपालले काभ्रेमा अनाथालय निर्माण गर्ने

82

सेवक नेपालले काभ्रेको मण्डन देउपुर नगरपालिका-९ मा अनाथालय  निर्माण  गर्ने घोषणा गरेको छ ।  बैशाख २८ गते  संस्थाको आफ्नै जग्गा रहेको स्थान काभ्रेको मण्डन देउपुरमा आयोजित संस्था परिचय तथा भवन निर्माण घोषण कार्यक्रममा अनाथालय निर्माण गर्ने घोषण गरिएको हो। करिब पाँच करोडको लागतमा आधुनिक र सुविधासम्पन्न भवन निर्माण गरि क्षमताले भ्याएसम्म अनाथहरुलाई सेवा गर्ने योजना राखिएको छ।
अनाथ ,गरिब र  सहाराबिहिन बालबालिकाको  खोजी उद्दार गर्दै दिगो संरक्षण गरि  शिक्षादिक्षाकाे व्यवस्था गर्ने  उदेश्यले उक्त  सामाजिक संस्था गठन गरिएको थियो।  कार्यक्रमको प्रमुख अथितिका  प्रदेश ३ का सांसद लक्ष्मण लम्सालले सेवक नेपालले गर्न लागेको कामको प्रशंसा गर्दै सबैखाले  सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाएका थिए । कार्यक्रमा सामाजिक अभियान्ता रमेश प्रसाँई, स्थानीय जनप्रतिनिधिहरु ,  सेवक नेपालका अभियान्ताहरु र  ठुलो  संख्यामा स्थानीयहरुको  उपस्थिति रहेको थियो ।रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेका  नेपालीहरुद्धारा २०७० असार ६ गते गरिब तथा अनाथ बालबालिका संरक्षण कोषको नाममा यो अभियान सुरु गरिएको थियो । अहिले यो अभियानमा अमेरिका, अष्ट्रेलिया, इजरायल, मलेसिया,साउदी, डेनमार्क, क्यानडा हुँदै नेपालमै रहेका नेपालीहरुसमेत करिब ९० जना अभियान्ता भएर  जोडिईसकेका छन् । कार्यक्रममा उपस्थित सेवक नेपालका अभियान्ताहरुले भवन निर्माणका लागि सहयोगको घोषणसमेत गरेका थिए । सेवक नेपालका अभियान्ताहरुले सहयोगको घोषणा गरेपछि कार्यकक्रमा उपस्थित अन्यले पनि सकेको सहयोग घोषणा गरेका थिए । सिमित अभियान्ताले  यो अभियानलाई पुर्णता दिन प्रयास गरेपनी केबल अभियान्ता  मात्र नभई उपस्तिथि सबैलाई यो महान कार्यमा सहयोग गर्न आग्रह गरिएको थियो। कार्यक्रममा बोल्दै संस्थाकि अध्यक्ष गंगा पौडेलले  उपस्थित सबैलाइओ धन्यवाद दिदै सहयोगको लागि अपिल गर्नु भएको थियो।

प्रतिक्रियाहरू