सैनिक शासक पार्क चु हे – आधुनिक कोरियाका पिता

478

सन् १९६० सम्म दक्षिण कोरिया विश्वकै गरिब राष्ट्रमध्येकै एक थियो । त्यस समय कोरियाली नागरिकको प्रतिव्यक्ति आम्दानी ७० अमेरिकी डलर मात्रै थियो । सत्तरीको दशकसम्म नेपालबाट खाद्यान्न सहयोग प्राप्त गरेको राष्ट्र आज संसारकै १३ औं ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सफल भएको छ ।

पाँचदशक अघिसम्म संसारको गरिब मुलुकको सूचीमा परेको दक्षिण कोरियाले यति छिटो चमत्कारिक आर्थिक बृद्धी हासिल गर्न कसरी सफल भयो ? दक्षिण कोरियाको गरिवी र पछिल्लो समय विकासको नयाँ आयाम थपिदै गएको पढ्ने र सुन्ने अवसर मिल्दै आएको हो । कोरिया नै पुगेर त्यहाँको अवलोकन र अध्ययन गर्ने एक हप्ता भ्रमणको अवसर पाउँदा मैले त्यहाँको विकासको प्रत्यक्ष अनुभव गर्न पाएँ ।

दक्षिण कोरिया र नेपाल उस्तैउस्तै भौगोलिक संरचना भएका देश । भौगोलिक संरचनामात्र नभएर उस्तैउस्तै परिवेशबाट बाहिर निस्किएका दुबै देशले द्धन्द खेपेका छन । नेपालले १० बर्षे सशस्त्र जनयुद्ध ब्योहो¥यो भने दक्षिण कोरियाले जापानसँगको लडाई । त्यसपछि सीमाबाट छुटिएको उत्तर र दक्षिण कोरियाली जनताबीच आन्तरिक लडाई चल्यो र त्यो लडाईमा लाखौको ज्यान गुम्यो  । हाल यी दुइबीच सिमा बन्द छ । कतिका श्रीमान– श्रीमती, दाजुभाइ दिदीबहिनी बर्षौदेखि सिमाका वारिपारि छन ।

जापानसँगको हस्तक्षेप र कोरियाली युद्धले ७० प्रतिशत भौतिक संरचना नष्ट भएको दक्षिण कोरिया अधिक स्रोत साधनले सम्पन्न भएको देश हैन । तर द्धन्दपछि स्वतन्त्र भएको देश दक्षिण कोरियाले शुरुकै समयदेखि विकास प्रेमी शासक पाएको कारण अहिलेको अवस्थामा पुगेको त्यहाँका जनताले सम्झन्छन् । अर्थात दक्षिण कोरियाको आधुनिक विकासमा त्यस समयका सैनिक शासक पार्क चु हे ले गरेका हुन् । उनले ‘कु’ गरेर सेनाको राज्य शुरु गरेका थिए । उनकै पालादेखी  कोरियाको विकासको खाका बन्यो । त्यही मोडलअनुसार कामअघि बढ्दै गएकाले हाल उनलाई नै आधुनिक कोरियाको पिता मानिन्छ ।

हुन त उनको पनि त्यस समय आलोचना भयो । किन भयो भन्दा उनले शैनिक शासन लगाए तर उनको राम्रा पक्ष भनेकै विभिन्न तरिकाले देशको विकास गरे । विकासका नयाँ नयाँ मोडल ल्याए । सत्तामै रहेकै समय पाक चु हे को हत्या भयो ।

पाक चु हे कै समयमा दक्षिण कोरियाका जनताले सरकारलाई आपूmसँग भएका गरगहना दिएर विश्व बैंकमा बिक्रिगर्दा २ सय २७ टन सुनले ठूलो आर्थिक सुधारमा सहयोग पुगेको थियो । देश विकासको शुरुवातमा विश्ववैंकबाट ऋण लिएर भएको थियो । त्यसलाई सहयोग गरे सबै दक्षिण कोरियालीले  । कर्मचारीले विदा नलिइकन काम गरे । आधा तलव लिए । जमिन बाझो नराख्ने नियम बनाए । जनताको साझेदारीमा काम शुरु भयो । जनताले पनि आफ्नो देश हामी आफैं बनाउन सक्छौं भन्ने संकल्प लिए । त्यस समयदेखि लगाएको ‘पाली–पाली’ सिष्टम अहिलेसम्म पनि कायम छ । त्यो भनेको छिटो छिटो काम गर्ने, समयमा काम गर्ने, आफ्नो काम नसकिउन्जेल रातभरि पनि काम गर्ने । कामलाइ महत्व दिने त्यहाँको कल्चर नै छिटो छिटो कामगर्ने रहेछ ।

दक्षिण कोरियाका मानिस संसारकै सबभन्दा बढी काम गर्नेमा पर्छन । काम नसकेसम्म समय नहेरी काम गर्छन । अहिले पनि विद्यार्थी विदाको समयमा पार्टटाइम काम गर्छन । कहि गएर सरसफाइ गर्ने, बुढाबुढीहरु स–साना सामान बेचेर बस्ने, सकेसम्म अरुमा निर्भर नै छैनन । त्यसैले त सत्तरीको दशकामा २३ सय अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी भएको कोरियाले हाल ३८ हजार २ सय ६० (पीपीपी) प्रतिव्यक्ति आय बनाउन सफल भएको छ ।

पाक चु हे ले शुरुगरेका योजनामा भष्ट्राचारीलाइ कारबाही, खुला उद्योगमैत्री वातावरण साना र मध्यम आकारका व्यापारको विकास सिमा लुङ्गदुग अर्थात ‘म गर्न सक्छु’ भन्ने भावनाले जनतालाई विकासमा सामेल गर्न सकेका कारण कोरियालाइ विकासको गोरेटोतर्फ मोडेको थियो । सरकारले ठूलो लगानी र परियोजना ल्याएर होइन, जनतालाई आफैले गर्न र सवैको हातेमालोबाट नै कोरियाको विकास सम्भव भएको हो । सरकारले विकास निमार्ण गर्ने चेतना जगाउने र सरकारबाटै विकास निमार्णका लागि चाहिने सामान लिने र जनताले आफ्नो ठाउँको विकासका लागि काम आफैंले गरेका कारण हिजो दाताको भरमा चलेको राष्ट्रले आज नसोचेको उपलब्धी हासिल गरेको छ ।

दक्षिण कोरियाको विकास यति छिटो सम्भव हुनुमा भष्टाचारीलाई गरिने कडा कारबाही पनि एक हो । कोरियामा अहिलेसम्मका प्रायजसो सबै राष्ट्रपति वा तिनका परिवारलाइ भ्रष्टाचारको आरोप लागेको छ । त्यहाँ भ्रष्टाचार भएमा त्यही अनुसारको कारबाही जो कोहीले भोग्नैपर्छ । विकास पनि भएको छ । कोरियाका थुप्रै राष्ट्रपति भ्रष्टाचारको मुद्दामा जेल गएका छन । पाक चु हे कै छोरी हालका राष्ट्रपतिभन्दा अघिल्लो राष्ट्रपति पाक गुन हे पनि भ्रष्टाचारको मुद्दामा आजिवन जेल जीवन भोगिरहेकी छन । उनलाई भ्रष्टाचारको मुद्दामा ४० बर्षे जेल जिवन बिताउनुपर्ने छ । उनी ३ बर्षदेखि जेलमा छिन् । पुर्व राष्टपति चुन दु हान र रो ते हुले भ्रष्टाचारको अभियोगमा जेलको जीवन बिताइरहेका छन । अर्का राष्टपति नो म्यु छ्यानलाई पनि भ्रष्टाचारको आरोप लागेपछि डाँडाँबाट हाम फालेर आत्महत्या गरेका बास्तविक घटना कोरियामा छन ।

त्यही भएर कोरियामा कानुन एकदमै कडा छ । शान्तिसुरक्षामा ढुक्क छ । कामप्रति लगाव छ । परिस्थिति अनुसार देशप्रति जिम्मेवार, आफ्नो भाषाप्रति प्रेम, देशप्रतिको मायाले नै आधुनिक कोरिया बनेको छ । कोरियाका जनतामा नेताले गर्छन भन्ने विश्वास छ र ती जनताले गरेको विश्वास कायम गराउने क्षमता नेतामा भएकाले पनि आज दक्षिण कोरिया विश्वकै उदयमान राष्ट्रका रुपमा अघि बढिरहेको छ ।

कोरियाको एक हप्ते भ्रमणबाट सिकेको पाठ हो – विकासको मोडल आफ्नो देशको परिस्थिती अनुसार मौलिक हुनुपर्छ । जनतामा आफ्नो देश बनाउँछु भन्ने भावना भित्रैबाट हुनुपर्छ । देशप्रतिको राष्ट्रप्रेमी भावना र मानसिकता बदलियो भने नेपालको आधुनिक विकास सम्भव हुन्छ । – चक्रपथ अनलाईनबाट

प्रतिक्रियाहरू