स्टारेमिटले तीजको अवशर पारेर तीज सारी कोशेली उपहार योजना ल्याएको छ। स्टारेमिटबाट पैसा पठाउने ग्राहकहरुलाई लक्षित गरेर यो योजना ल्याएको स्टारेमिटले जनाएको छ। यही जुलाई १० तारिख देखी अगस्ट १० तारिख सम्म पैसा पठाउने ग्राहक मध्ये गोलाप्रथाबाट २० जनालाई आकर्षक सारी उपहार दिन लागेको हो।
यो उपहार योजनाको बिशेषता भनेको बिजेताले आफ्नो उपहार नेपालको आफुलाई पायक पर्ने ठेगानामा प्राप्त गर्न सक्ने छन् । नेपाली नारीहरुको महान पर्व तिजको अवशरमा आफ्ना चेलीबेटी हरुलाई विदेशबाट सम्झने र आपसी सम्बन्ध झन् मजबुत गर्न यो योजनाले सहयोग पुग्ने बिश्वास रहेको स्टरेमिटले बताएको छ।