स्वास्थ्यको बारेमा धेरै चिन्ता नलिनु राम्रो

0
530

स्वास्थ्यको बारेमा धेरै चिन्ता लिने र स्वस्थ रहन शरीरको धेरै रेखदेख गर्ने मानिस भन्दा स्वास्थ्यको बारेमा धेरै चिन्ता नगर्ने व्यक्ति स्वस्थ रहने गरेको पाइएको छ । स्वास्थ्यको चाहिने भन्दा धेरै चिन्ता गर्नु नै स्वास्थ्यको प्रमुख चुनौति रहेको पाइएको हो । त्यस्तो चिन्ता कहिलेकाही रक्सी सेवन गर्नु वा कहिलेकाही चुरोट पिउनु भन्दा पनि हानिकारक हुने एक अनुसन्धानले बताएको छ ।

फिन्निस इन्स्टिच्युट अफ अकुपेश्नल हेल्थले ४० देखि ५० वर्ष उमेरका उच्च तहको व्यवस्थापनमा  कार्यरत १ हजार २ सय मानिसहरुमा अनुसन्धान गरेको थियो । मुटु र रगतसम्बन्धि समस्या भएका व्यक्तिहरु समेत समावेश गरी ६ सय जनाको दुई समुह बनाईएकोमा एक समुहलाई धुमपान निषेध, अल्कोहल निषेध, नियमित व्यायाम र प्रत्येक चार महिनामा स्वास्थ्य परिक्षण गराइएको थियो । बाँकी ६ सय जनालाई कुनै पनि विशेष किसिमको सल्लाह नदिई उनीहरुले नियमित गर्ने कामलाई नै निरन्तरता दिन भनिएको थियो ।

-- Ad --


आश्चर्यजनक रुपमा मुटु र रगतसम्बन्धि समस्यमा डाक्टरको सल्लाह अनुसार आफ्नो स्वथ्यको रेखदेख गर्ने मानिसहरु भन्दा दोस्रो समुहका मानिसहरु स्वस्थ रहेको पाइएको थियो । मुटु र रगतसम्बन्धी मात्र नभई बिरामी धेरै चिन्तित भएको अवस्थामा सन्तुलित आहारले पनि काम नगर्ने गरेको पाइएको थियो । कुनै खानेकुरा खाने कि नखाने भनेर धेरै सोच्ने, क्यालोरीको हिसाब गर्ने काम पनि नगर्नु नै उचित हुन्छ । कुनै खानेकुरा खाएकै कारणले स्वास्थ्यमा गडबडी भएका त्यसले झनै तनाव दिन्छ । अर्कोतिर आनन्ददायक खानाले पाचन प्रणालीलाई बढाउनुका साथै छिट्टै बुढ्यौली देखिनबाट पनि बचाउँछ ।

प्रत्येक गाँसमा क्यालोरीको हिसाब गर्नुभन्दा साप्ताहिक योजना बनाउँदा राम्रो हुने विज्ञहरुले सुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here