स्व. धुर्व भण्डारी सहयोग अभियानबाट संकलित रकम मध्ये बाँकी रकम हाल कोरियामा उपचार गरिरहेका ७ जनालाई दिने अभियान्ताहरुको निर्णय

1028

स्व. धुर्व भण्डारी सहयोग अभियानबाट संकलित रकम मध्ये बाँकी रकम ४४ लाख ३२ हजार १४४ वोन हाल कोरियामा उपचार गरिरहेका ७ जनाको उपचारको लागि वरावरी वाँड्ने अभियान्ताहरुको निर्णय गरेका छन्।

गत महिना ११ तारिक काठमान्डौ निवासी धुर्व भण्डारीको २ ओटा अस्पतालमा उपचारको क्रममा धेरै खर्च लागेको थियो। सो खर्च मृतकको परिवारले तिर्न नसक्ने भएको कारण कोरियामा स्व. धुर्व भण्डारी आपतकालीन सहयोग अभियान चालिएको थियो। अभियानबाट उठेको जम्मा रकम जम्मा १,२१,१९,१४४ वोन  थियो भने खर्च ७६,८७,००० वोन रहेको थियो।  उक्त अभियानबाट उठेको रकम मध्ये अस्पताल खर्च तिरेर बाँकी रहेको रकम के गर्ने भन्ने बारेमा सबै अभियान्ताहरु जम्मा भएर सो निर्णय गरको हुन्।  उक्त बाँकी रकम अहिले सम्म थाहा भएको कोरियामा अस्पतालमा उपचार गराईरहेका र उपचार खर्चको अभाबको कारण सहयोग अभियान चलाई रहेको निम्न व्यक्तिहरुलाई बराबरी रकम  दिने निर्णय गरेको छ।
१ .संजय बिक : सहयोग रकम ६,३३,१६१ वोन
२. ओमनाथ ढकाल  : सहयोग रकम : ६,३३,१६१ वोन .
३. अमृत कुवंर  : सहयोग रकम : ६,३३,१६१ वोन .
४. सुरज जिसी : सहयोग रकम : ६,३३,१६१ वन .
५.प्रकाश गुरुङ : सहयोग रकम : ६,३३,१६१वोन.
६. अर्जुन तामांग : सहयोग रकम : ६,३३,१६१ वोन .
७. डिल्ली ओली : सहयोग रकम : ६,३३, १६१ वोन
यो अभियानमा सहयोग गर्नु हुने सबै सहयोगीदाताहरुलाई अभियानताहरुले नै धेरै धरै धन्यवाद दिएका छन् भने अस्पतालमा उपचार गराई रहनु भएको सबै बिरामी मित्रहरुको शिघ्र स्वास्थ्य कामना गरेका छन्।

प्रतिक्रियाहरू