हानपासको समर स्पेशल अफर, क्यारेबियन बे देखि इभरल्याण्डको टिकट सम्म

2369

दक्षिण कोरियाबाट रेमिट्यान्स सेवा दिइरहेको रेमिट कम्पनी हानपासले सेवाग्राहीलाई लक्षित गरी समर स्पेशल अफर योजना सार्वजानिक गरेको छ । लोन, फ्रि सिमकार्ड फ्रि गिफ्ट र रेमिट्यान्स सेवा दिएको हानपासले सेवाग्राहीलाई वैधानिक च्यानल प्रयोग गर्न प्रोत्साहित गर्ने उद्धेश्य अनुरुप स्पेशल अफर सार्वजानिक गरेको हो । अफर अन्र्तगत क्यारेबियन बे र इभरल्याण्ड प्रवेश टिकट लगायत रहेका छन् । सेवाग्राहीले गर्मी विदा थप रौनक र रमाइलो तवरले मनाउन भन्ने उद्धेश्य पनि हानपासले लिएको छ । हानपासको प्रयोग गरी नेपाल पैसा पठाएका सेवाग्राही यस अफरमा सहभागी हुनसक्ने छन् । सेवाग्राही मध्ये लक्की ड्र मार्फत विजेता घोषणा गर्ने कम्पनीले जनाएको छ । लक्की ड्र जुलाई २८ तारिख शनिवार साँझ हानपासको फेसबुक पेजबाट लाईभ हुने छ ।
हानपासको समर अफरमा सहभागी हुन निम्न शर्त पुरा गरेको हुनुपर्ने छ ।
१. हानपास रेमिट्यान्स नेपालको फेसबुक पेज लाईक गरेको हुनुपर्ने छ ।
२. यो पोष्ट लाईक र शेयर पनि गर्नुपर्ने छ ।
३. कमेन्टमा कोरियामा रहेका आफ्ना ५ जना साथीहरुको नाम मेन्सन गर्नुपर्ने छ ।
४. जुन २४ देखि जुलाई २४ तारिख सम्म कम्तीमा १ पटक हानपासबाट नेपाल पैसा पठाएको हुनुपर्ने छ ।
उपहार योजनाः
प्रथम पुरस्कार १ जनालाई क्यारेबियन बे इन्ट्रान्स टिकट ५ वटा
दोश्रो पुरस्कार १ जनालाई इभरल्याण्ड इन्ट्रान्स टिकट ५ वटा
तेश्रो पुरस्कार ५ जनालाई ShinSegae 20,000 won Coupon( 1 वटा
चौथो बिजेता १० जनालाई गुणस्तरिय हेडफोन

थप जानकारी को लागि
०२३४०९११२६

प्रतिक्रियाहरू