हामी नेपाली ग्लोबल कोरिया गठन , अध्यक्षमा अम्बिका पार्क

1094

जात ,धर्म र राजनीतिक मुद्दा बाट अलग हामी नेपाली ग्लाेबल नामक संस्थाकाे राष्ट्रिय कार्य समिति दक्षिण काेरियामा पनि गठन भएको छ ।अमेरिकामा केन्द्रीय कार्यालय रहेको उक्त सस्थालाइ नेपाली समक्ष विश्वब्यापि बनाउन विभिन्न देशहरुमा राष्ट्रिय कार्य समिति हरु धमाधम गठन भैरहेका छन ।शनिबार दक्षिण काेरियामा नेपाली हरुकाे एक भेलाले काेरियाकि समाजसेवी अम्बिका डिसि पार्क काे अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निमार्ण गरेको हाे ।

कार्य समितिकाे उपाध्यक्ष मा विचारि शेर्पा ,भवानी घिमिरे र अबधेश राज चाैरसिया रहेका छन ।संस्थाकाे महासचिव मा अाेमलाल ओलि ,सचिव बलराम राई(बलु)  र राजु तामाङ लाई चयन गरिएको छ  छन भने काेषाध्यक्ष  जीवन थापा सहकाेषाध्यक्ष रञ्जु पाैडेल रहेका छन ।यस्तै सदस्य हरुमा मनु राई,लाेकेन्द्र चन्द,गाेबिन्द मगर,देउजालाल दाेङ तामाङ ,नवीन खड्का ,नारायण विष्ट,दिपेन्द्र कुमार शेर्पा ,सुमन राइ र सविना कार्की रहेका छन ।संस्था लाई विधिवत् रुपमा केन्द्रीय पदाधिकारीकाे उपस्थितिमा अाउदाे अगस्ट महिनामा उद्घाटन गरिने छ ।सस्थाकाे लक्ष्य उदेश्य अनुरुप अगाडि बढने सस्थाकि अध्यक्ष अम्बिका डिसि पार्कले बताउनु भयो ।

विभिन्न क्षेत्रमा अनुभव प्राप्त युवाहरुकाे सस्थामा सहभागीता भएकोले सस्था प्रभाबकारि तरिकाले अगाडि बढने अाशा पनि उँहाले ब्यक्त गर्नु भयो ।सस्थामा काेरियामा रहेका सबै नेपालीलाई जति सकिन्छ जाेडदै लगिने महासचिव ओमलाल ओलीले बताउनु भयो ।अरु सस्थाहरु भन्दा हामी नेपाली ग्लाेबल भिन्नै पृष्ठभूमि बाेकेर अगाडि बढेको हुदा मानिस हरुलाइ बुझाउन पनि केही समय लाग्ने महासचिव ओलिले भन्नुभयो ।संस्थामा नेपाल काे प्राय सबै भुगाेलकाे प्रतिनिधित्व हुने गरि समेटने प्रयास भएकाे पनि  महासचिव ओलीले बताउनु भयो ।  कार्यक्रमकाे सहजिकरण काउन्सिलर आदर्श केसीले गर्नु भएको थियो ।

हामी नेपाली ग्लाेबल सस्था हाल विश्वास का ४० देशमा क्रियाशील रहेको छ ।विभिन्न देशमा गठन प्रक्रिया पनि तिव्र रुपमा अगाडि बढि रहेको छ ।शिक्षा ,पर्यटन ,खेलकुद ,कला संस्कृतिको प्रबर्द्धन सगै राेजगार सृजना गर्न पनि सस्थाले लक्ष्य बाेकेकाे छ ।यसका अलवा विभिन्न प्रकाेप,अापतविपतकाे घडीमा नेपालीलाई सक्दाे सहयोग गर्ने छ ।नेपालकाे समृद्धि मा टेवा पुग्ने गरि विश्वभरका नेपालीको साझा सहकार्य लाई जाेडने लक्ष्य पनि सस्थाले लिएको बताइएको छ ।गएको बर्ष नाेभेम्बर महिनाको २४ तारिखमा अमेरिकामा उद्घाटन गरिएको सस्थालाइ विश्वभर विस्तार गर्न केन्द्रीय अध्यक्ष अमृत लामा लगाएत केन्द्रीय पदाधिकारी हरु क्रियाशील रुपमा लागि रहनु भएको छ ।

प्रतिक्रियाहरू