Home प्रमुख समाचार हामी नेपाली दक्षिण कोरियाको दोस्रो बैठक सम्पन्न ,तिजमा साँस्कृतिक जमघट गर्ने

हामी नेपाली दक्षिण कोरियाको दोस्रो बैठक सम्पन्न ,तिजमा साँस्कृतिक जमघट गर्ने

0
हामी नेपाली दक्षिण कोरियाको दोस्रो बैठक सम्पन्न ,तिजमा साँस्कृतिक जमघट गर्ने

कोरियामा कार्यरत नेपाली चेलिबेटी तथा दाजुभाइ हरुको जमघट गर्न सेप्टेम्बर १ तारिखका दिन फेन्तेक शहरमा उक्त कार्यक्रम गर्न लागिएको हो । २ तारिखमा तिज भएको र अघिल्लो दिन १ तारिखमा आइतबार परेकाले सबैलाई अनुकूल समय मिलाइ कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । उक्त कार्यक्रममा सहभागीता जनाउन सबै नेपाली दिदिबहिनी तथा दाजुभाइ हरुलाइ अनुरोध समेत गरिएको अध्यक्ष अम्बिका डिसी पार्कले बताउनु भयो ।

साथै  गत शनिबार बसेको राष्ट्रिय समिति दक्षिण कोरियाको  बैठकले सल्लाहकारमा सस्थालाई लामो समय देखि सल्लाह सुझाव दिदै आउनु भएका फेन्तेक माइग्रेन्ट सेन्टरका अध्यक्ष तथा सिर्जनशिल व्यक्ति लक्ष्मण पौडेललाई सल्लाहकारमा चयन गरेको छ । २१ सदस्यीय कार्यसमितिलाई विस्तार गर्दै ६ जना नयाँ सदस्य थप गरि २७ सदस्यीय बनाएको छ । नयाँ थपिएका सदस्यहरुमा  सन्तोष खड्का, प्रकाश महरा,बिञ्जु खड्का ,रञ्जिता  डिसि, भिसेन थापा र मिनराज शर्मा छन साथै, महेन्द्र याख्खाको संयोजकत्वमा खेलकुद विभाग समेत गठन गरिएको महासचिव आेमलाल ओलीले बताउनु भयो । सेप्टेम्बर १५ तारिखमा सदस्य हरुको प्रमाण पत्र वितरण गरी संस्था उद्घाघाटन गर्ने र त्यसको लागि केन्द्रीय कार्यालयमा अतिथिलाइ निमन्त्रणा गर्ने समेत निर्णय गरिएको पनि महासचिव ओलीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here