हास्य कलाकार पुर्खेले बाले ल्याए तीज गीत”पानी मरुवा” (भिडियो सहित )

382

परापूर्व काल देखिनै नेपाली हिन्दू नारीहरुको महान चाडको रुपमा मनाइने हरितालिका तिजको अवसर पारेर हास्य कलाकार पुर्खेले बाले  तीज गीत”पानी मरुवा”बजारमा ल्याएका छन् l

विवाह पश्चात आफुले श्रीमानको घरमा स-परिवार बाट भोगेको दुःख,बेदना,पीर-मर्काहरूलाई गीत मार्फ़त जस्ताको त्यस्तै सबै साथीहरु जम्मा भएर रमाईलो गर्ने गराउने र मनको बह पोख्ने गर्दछन ।उक्त गीतमा पनि  यस्तै यस्तै बेदना पोखिएको छ l
हरितालिका तीजलाई अझ रौनक थप्नको  लागि बाज़ारहरूमा अनेक-अनेक किसिमका गीतहरू निस्कने क्रम बढ़ेसंगै तीज गीतको प्रतिष्पर्धा उत्तिकै झाङ्गिएको छ।
प्रतिष्पर्धाको  सूत्रलाई अगाल्दै हास्य कलाकार पुर्षोत्तम भण्डारी(पुर्खे बा)ले पनि तीज गीत पानी “मरुवा”बजारमा ल्याएका हुन् l तिवारी आमाको पनि यस गीतमा अभिनय देख्न सकिन्छ l उक्त गीत  कलाकार पुर्खे बा को आधिकारिक युटुब च्यानलमा रिलिज गरिएको छ।
भिडियो

प्रतिक्रियाहरू