हुण्डी कारोबारी माथि कोरियन प्रहरीको कडा निगरानी , दुइ नेपाली मोस्ट वान्टेड सुचिमा

7149

कोरियामा हुण्डी कारोबार  मौलाउन थालेपछि यसको विरुद्व कोरियन प्रहरी चनाखो बनेको छ l कोरियामा सर्वसुलभ रेमिट्यान्सको ब्याबस्था हुदा हुदै पनि बिभिन्न प्रलोभनमा पारि हुण्डीबाट सस्तोमा पैसा पठाइदिन्छु भन्दै ठगि गर्ने केहि नेपाली हरुको कर्तुत बाहिर आउन थालेपछि कोरियन प्रहरीले थप निगरानी बढाउन थालेको हो l

यसैबीच कोरियाबाट हुण्डी मार्फत पैसा पठाइदिने भन्दै ठगि गर्ने एक नेपालीलाइ कोरियन प्रहरीले फरार अभियुक्तको सुचिमा राखी खोजि गरिरहेको कोरियन प्रहरीका लागि नेपाली भाषा अनुवादक मुक्त गुरुङले बताए l

उनका अनुसार कोरियामा हुण्डी कारोबारमा संलग्न बिनोद गुरुङलाइ बिभिन्न ब्याक्तिहरुको खाता प्रयोग गरि नेपाली हरुलाई ठगि गरेको तथा अर्का एक जना मनोज राइलाई चोरी गरेको केसमा कोरियन  प्रहरीले मोस्ट वान्टेड सुचिमा राखेर खोजि गरिरहेको छ l

हेल्लो नेपाल कोरिया डट कम  संगको कुरानिमा भाषा अनुवादक गुरुङले आफुलाई यी ब्याक्तिहरुको खोजि कार्यमा सहयोग गरिदिन कोरियन प्रहरीले फोटो सहित सम्पूर्ण विवरण पठाएको बताए l उनले सामाजिक संजाल मार्फत पनि यी ब्याक्तिहरुलाई कहिँ कतै भेटे कोरियन प्रहरीलाइ खबर गर्न वा फोन मार्फत आफुलाई सम्पर्क गरि सहयोग गरिदिनुहुन समेत आग्रह गरेका छन l

कोरियामा पछिल्लो समय हुण्डी कारोबारमा बिसेषगरि नेपालीहरुको संलग्नता बढी देखिन थालेको छ l  यसरि गैर्ह कानुनि तबरले नेपाल पैसा भित्रिने क्रम बढेपछी कोरिया स्थित नेपालि दुतावासले केहि समय पहिला  एक सूचना प्रकाशित गर्दै हुण्डी कारोबारीको पहिचान खुल्ने गरि उजुरी आए कडा भन्दा कडा कारबाही गर्ने बताएको थियो l कोरियाबाट लामो समय देखि हुण्डी कारोबार गर्दै आइरहेका एक नेपाली हाल कोरियाको जेलमा छन l

स्मरण रहोस नेपाल सरकारले घोषणा गरेको यसपटको बजेट देखि विदेशमाबाट भित्रिने रेमिट्यान्सलाइ सर्वसुलभ बनाइ  गैर्ह कानुनि हुण्डी कारोबारलाई पूर्णतया निस्तेज पार्ने लक्ष लिएको छ l

प्रतिक्रियाहरू