Home अन्तर्वार्ता हुण्डी प्रकृया रोक्नका लागि जिम्वेवार भनेको नेपाल सरकार नै हुन्छ – सुन्दर सुवेदी

हुण्डी प्रकृया रोक्नका लागि जिम्वेवार भनेको नेपाल सरकार नै हुन्छ – सुन्दर सुवेदी

0
हुण्डी प्रकृया रोक्नका लागि जिम्वेवार भनेको नेपाल सरकार नै हुन्छ – सुन्दर सुवेदी

दक्षिण कोरियाको माक्पो क्षेत्रमा रहेका नेपालीहरुलाई गार्हो अप्ठेरो परेको बेलामा सहयोग गर्न उद्देश्यले खोलिएको मोक्पो साम्हो साझा चौतारीका बर्तमान अध्यक्ष सुन्दर सुवेदी हुनुहुन्छ । आफ्नो कार्यकाल अन्तिम समयमा अध्यक्ष सुवेदीसँग संस्था, मोक्पो क्षेत्रको बारेमा र कोरियाका समसामायिक विषयमा हेल्लो नेपाल कोरिया डटकमले गरेको कुराकानी ः

मोक्पो साम्हो साझा चौतारी कसरी गठन भएको हो ?
दक्षिण कोरियामा हामी नेपाली हौ । नेपाली भएर नै चिनिनुपर्छ भन्ने लाग्छ मलाई मोक्पो क्षेत्रमा रहेका नेपालीहरुलाई गार्हो अप्ठेरो परेको बेला सवै नेपाली एक भएर सहयोग पुर्याउने उद्देश्यले मोक्पोमा रहेका विभिन्न संस्था एक भएर हामीले चाहि मोक्पो साम्हो साझा चौतारी गठन गरेका हौ ।

यो संस्था कुन उद्देश्यका लागि खोलिएको हो ?
माक्पो साझा चौतारी भनेको एउटा सामाजिक परोपकारी संस्था हो । यो संस्थाको उद्देश्य भनेको यहाँ रहेका नपाली दाजुभाई दिदीबहिनीहरुलाई एकृकित गरि नेपालका मौलिक चाडपर्व मनाउने र यहाँ रहेका नेपालीहरुलाई दुःख, विमार, दुर्घटना तथा पिडामा परेका नेपालीहरुलाई सहयोग गर्नु संस्थाको उद्देश्य हो र नेपालमा हुने बाढि, पहिरो, भुकम्प जस्ता प्राकृतिक प्रकोपमा परेको बेला पनि हामीले सहयोग गर्दै आइरहेका छौ ।

यस संस्था पनि राजनीति हावी हुदा तपाईहरुले मोक्पोमा रहेका नेपालीहरु सवैलाई समेट्न नसकेको गुनासो छ के भन्नुहुन्छ यसलाई ?
राजनिति हामी सवैले जानेका छौ, बुझेका छौ, वर्तमान अवस्थालाई हेर्दा म यसलाई मेरो भाषामा भन्नुपर्दा लाजनिति भन्न चाहान्छु । देशको राजनिति राम्रो भएको भए सायद हामी यहाँ दुःख गर्न कोरिया आउन पर्दैनथ्यो पनि होला त्यसैले देशको खराव राजनितिको आचरण यहाँ प्रवासमा आएर गर्नु यस संस्थालाई स्विकार्य हुदैन । केहि त्यस्ता ब्यक्तिहरुपनि छन् त्यसैले पनि हामीले सवैलाई समेट्न गार्हो नै हुन्छ । हामी जति यस संस्थामा आवद्ध छौ विशुद्ध नेपाली परोपकारी मन भएका साथीहरु छौ, हामी यहाँ ७७ वटै जिल्लाका नेपाली मिलि बसेका छौ गार्हो सार्हो पर्दा एक अर्कालाई सहयोग गर्दै अघि बढेका छौ ।

मोक्पोमा नेपालीहरु के कस्ता खालका कामहरुमा आवद्ध छन् ?
मोक्पोमा प्राय पानीजहाजकै कामहरु बढि हुने गर्दछ । त्यो भनेको फलामसँग जुधेर नै काम गर्ने हो । वेल्डिगं, ग्रेन्डिगं, स्काफोल्गिंका कामहरु हुन्छन् । अन्य क्षेत्रको भन्दा अलि गार्हो नै छ यहाँ कामको बारेमा भन्नुपर्दा चाहि । मोक्पाोमा केहि क्षेत्र कृषिमा काम गर्ने नेपालीहरु पनि रहेका छन् ।

मोक्पोमा कति नेपालीहरु रहेका छन् ?
मोक्पोमा नेपालीहरु यति बेलाको आंकलन गर्दा हेनाम, देवुल, साम्हो लगायत सवै क्षेत्रका नेपालीहरु गरेर ५, ७ सयको हाराहारीमा छौ भन्ने अनुमान गर्न सकिन्छ ।

अहिले नयाँ इपिएस मार्फत कोरिया आउने नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?
कोरिया आउने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई म के भन्न चाहान्छु भने, हामीले नेपालमा बसेर सोचे जस्तो छैन कोरिया । यहाँ भाषा, खाना समस्याका साथै निरन्तर कामको खटाईले गर्दा गार्हो हुन्छ । नेपालमा चाहि कसरी कोरिया मात्र जान पाउ भन्ने हुन्छ मनमा मलाई पनि त्यस्तै भएको थियो । त्यसैले पनि कोरिया आउने सवैले के मानसिकता बनाउनु पर्यो भने म कुनै पनि हालतमा जस्तो पनि काम गर्न तयार छु भनेर तयारी हुनुपर्छ नत्र कोरिया आएर फर्किनु पर्यो भने नराम्रो हुन्छ । र अर्को कुरा कोरिया आईसकेपछि साथीभाईको लहलहैमा लागेर साथीले २ लाख कमायो ३ लाख कमायो मेरो एक, डेड लाख भन्दा भएन भनेर कम्पनी छाड्नुभयो भने पनि समस्यामा पर्नुहुन्छ । त्यसैले जुन कम्पनीमा आउनुभएको हो त्यहि कम्पनीमा काम गर्नुस पहिलो प्राथामिकता कामलाई दिनुहोस, पक्कै पनि साहुले कामको सम्मान गर्छ नै ।

कोरियामा आउदा र पहिलो चोटि कम्पनीमा पुग्दा कस्तो लागेको थियो तपाईलाई ?
कोरियामा आउदा पहिलो दिन मेडिकल गर्यौ र रेष्ट गर्यौ । भोलीपल्ट विहान ७ बजे आउनुपर्छ ५ मिनेट ढिला भए कावार्ही हुन्छ भन्ने उर्दी सुरु भईसक्यो, त्यसैले पनि हाम्रो निन्द्रा साढे ६ बजे नै खुलेको थियो । किनकी पहिलो चोटी कोरिया आएको डर पनि त्यतिकै, १५ मिनेट अघि पुगियो । त्यहा हामीले कोरियाका दुःख, रहन, सहन र कामको बारेमा ट्रेनिगंहरु लियो त्यो सवै ठिकै थियो । तर के छ भने खाना खाने बेलामा लाईनमा बसेर खाना लियौ खाना किम्छी र भात बाहेक मैले अरु केहि खान सकेको थिइन, तर अहिले कोरियन खाना मिठो लाग्छ जुन स्वास्थ्यकर पनि छ । ३ दिन पछि हामी कम्पनी आइपुग्यौ, पहिलो दिन कम्पनी भित्र छिर्दा पानीजाहाजको कोठा कोठा ब्लक भन्छ त्यसलाई जिन्दगीमा कहिलै नदेखेको त्यहाँको कामको प्रकृति हेर्दा मलाई यहाँ काम गर्न सक्छु भन्ने लागेकै थिएन, डर लागिरहेको थियो तर मलाई एक नेपालीको हेल्पर राखिदिएपछि अलि सहज भयो उहाँले सवै काम सिकाइदिनु भयो अहिले ठिक लाग्छ पहिले म हेल्पर थिए अहिले मलाईनै हेल्पर दिएको छ ।

कोरियामा नेपालीहरु रेमिटेन्स गर्ने र हुण्डी गर्नेहरु छन् उनिहरुलाई कसरी हेर्नुहुन्छ ?
हुण्डी भनेको अवैधानिक हो पठाउनेलाई नि असर, हुण्डीवालाहरुलाई नि असर, अझ सवैभन्दा ठूलो भनेको देशको लागि हुन्छ । आज भन्दा २,३ वर्ष अघि बैंक मार्फत पैसा पठाउन सकिन्थ्यो तर अलि असहज थियो, मानिसहरु कसरी पैसा पठाउने भनेर सध्द्दथे केहि असहज, केहि अज्ञनताका कारणले मानिसहरु त्यसो गर्दथे तर अहिले रेमिटेन्स कम्पनीहरु आएको छ । घरमै कोठामा बसेर सजिलै नेपाल मोवाईलबाटै पैसा पठाउन सकिन्छ । रेमिटेन्सहरुले ठाँउ ठाँउमा सेवा पनि दिई राख्नुभएको छ । विस्तारै यसको प्रयोग बढ्दै गइराखेको पनि पाएको छु ।

हुण्डी रोक्न के गर्नुपर्ला जस्तो लाग्छ तपाईलाई?
मैले प्राय सुनेको छु अब यो रेमिटेन्स गरेर देशमा भएका ति काम नगर्नी नेता कर्मचारी किन पाल्नु पर्या छ र यस्ता प्रश्न पनि हामीले धेरै सुनिसक्यौ । तसर्थ अहिले चाहि कस्तो छ भने हुण्डी प्रकृया रोक्नका लागि जिम्वेवार भनेको नेपाल सरकार नै हुन्छ । नेपाल सरकारलाई यो रोकतोक गर्न कहाँनिर छेकेको छ त? कि त नेपाल सरकारको आधिकारीक मान्छे नै हुण्डीमा हुनुपर्यो ? यदि हुण्डीमा हैन र देशको लागि फाइदा हुन्छ भनेत पक्का पनि नेपाल सरकारले यसलाई रोकथाम त गर्नु पर्छ नि त, जस्तो कि कोरियामा नेपाली राजदुतावास छ आफैले देखेको हुण्डीवाला पनि समात्न नसकेको अवस्था छ । त्यो किन भयो कसरी भयो त्यो भन्ने कुराहरु त उनिहरुले नै जानुन । अव उहाँहरुले नि हुण्डी रोक्न चाहदैन भने त यहाँ रहेका नेपालीहरुले त पठाउछ नि । २,४ हजार त फरक पर्छ, २,४ हजार भएपनि आफूले पसिना बगाएर कमाएको पैसा हो माया त लाग्छ नै त्यसैले उहाँहरुले हुण्डी प्रयोग गर्नुहुन्छ । रेमिटेन्सबाट पठाएको पैसा नेपाल सरकारले सहि सदुपयोग गरेको भए सवै नेपालीहरुले रेमिटेन्स नै प्रयोग गर्दथे । तर पनि म के भन्न चाहान्छु भने रेमिटेन्स प्रयोग गर्नुपर्दछ । किन त भन्दा खेरी भोली फेरी नेपाल सरकारले कस्तो नियम राख्देको छ भने नेपालमा कुनै पनि ब्यवसाय, उधोग गर्छु भनेर केहि रकम अपुग भयो ऋण लिन पर्यो भने क वर्गको बैंकहरुले रेमिटेन्सको स्टेटमेन्ट माग्छ नत्र तपाईले सहकारी तथा अन्य वर्गका बैकमा फेरी ८ देखि १० प्रतिशत ब्याज बढि तिर्नुपर्ने हुन्छ जसले हुण्डी गर्दा २,४ हजार नाफा भएपनि त्यो भन्दा धरै घाटा लाग्छ, यो कुरा मैले आफैले प्रत्यक्ष भोगेका हुनाले भनेको हु । भविष्यको लागि हामीलाई रेमिटेन्स गर्दा नै फाईदा हुन्छ ।

अन्त्यमा यहाँ रहेका नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?
अन्त्यमा म के भन्न चाहान्छु भने हामी सवै नेपाली हो । नेपाली भएर चिनिनु पर्छ भन्ने लाग्छ मलाई, कोरियामा धेरै संस्था हुन भन्दा पनि २ वटा संस्था एक एनआरएन र एनसिसी भए पुग्छ जस्तो लाग्छ मलाई, किन भने प्रत्येक जिल्ला, जातिय, राजनिति, क्षेत्र, टोलका नाममा संस्थाहरु छन् । सवै पैसा उठाउने परादर्शिता नदेखाउने यहाँ रहेका नेपालीहरु संस्था तर्फ आकिर्षित भन्दा पनि झन संस्था प्रति वितृष्णा बढ्दै गइराखेको पाएको छु । बाहिर हिन्दा पनि त्रसित हुनुपर्ने अवस्था, कहाँ कसले पैसा माग्ने हो थाहा हुदैन आफू कुन अवस्थामा हिडिरहेको हुन्छ, एकदमै गार्हो छ । त्यसैले कोरियामा संस्था धेरै हुनु भन्दा पनि थोरै गुणस्तरिय भयो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई । र अन्तमा मेरा केहि कुराहरु राख्न दिनुभएकोमा हेल्लो नेपाल कोरिया डटकमलाई धेरै धेरै धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here