हृदयघातका कारण फेरि एक नेपालीको मृत्यु

1362

उदयपुर घर भई हाल कोरियाको फारानमा कार्यरत ३८ बर्षिय भूपाल राईको हृदयघातका कारण आज मृत्यु भएको दुखद समाचार आएको छ। उनले कामगर्ने कम्पनिमा ७ जना नेपालीहरु रहेका छन्। हिजो राति करिब १:०० बजेतिर आफ्नो कोठामा छट्पट्याईरहेको अबस्थामा सँगैका साथीहरुले देखेपछि, उनिहरुले एम्बुलेन्स बोलाएका थिए, तर एम्बुलेन्स आईनपुग्दै उनको मृत्यु भैसकेको कुरा उनका सहकर्मी एक नेपालीले हेल्लो नेपाल कोरिया डट्कमलाई जानकारी दिएका छन्।

यस बिषयमा सत्यतथ्य जानकारीका लागि हामीले नेपाली दूतावाससँग सम्पर्क गर्दा, घटना सत्य भएको र उनको शवलाई नेपाल पठाउने तयारि भैरहेको नेपाली दूतावासका श्रम सहचारी डिल्लिराम बास्तोलाले बताउनुभयो। मृतक राईका नेपालमा श्रीमति र दुई छोरा-छोरी रहेका छन्।

प्रतिक्रियाहरू