१८ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस मनाँइदै, सहभागीको लागी कोरियावासी प्रवासी श्रमिकलाई आग्रह

1613

दक्षिण कोरियामा बिगतका वर्षहरुमा झै यो वर्ष पनि अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस मनाइने भएको छ। यहि डिसेम्बरको १६ तारिक युएनबाट घोषित १८ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सउल ख्वांगह्वामुनमा भव्यरुपमा मनाउन गईरहेको प्रवासी मजदुर युनियन (एमटियु) का सचिव मधुसुदन ओझाले बताँउनुभयो।

कोरियामा प्रवासी श्रमिकहरुले आफ्नो हक अधिकारको लागि संघर्ष गर्न गठन गरेको प्रवासी मजदुर युनियन (एमटियु) ले प्रवासी श्रमिकले स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनु पर्ने, खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने, कम्पनी ब्यबसायीले प्रबासी श्रमिकको तलब घटाउन गरिएको माग फिर्ता लिनु पर्ने, इ.पि.एस. अन्तर्गतको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने, ३ बर्ष पछि गरिने १ बर्ष १० महिनाको सम्झौता कम्पनी मालिकको बिना सहमति गर्न पाउनु पर्ने, आफ्नो परिवार झिकाउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढी अवधिसम्म काम गर्नु पाउनु पर्ने, कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्ने , कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने, कृषि क्षेत्रको श्रमिकले उत्पादन क्षेत्रमा काम परिवर्तन गर्न पाउनु पर्ने, प्रवासी श्रमिक र उसको परिवारको अधिकार रक्षाको निम्त्ती संयुक्त राष्ट्र संघबाट जारी कन्भेन्सनलाई कोरियन संसदबाट अनुमोदन गर्नु पर्ने लगायतको माग गर्दै यो दिवस मनाउन लागिएकोले कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन सबै प्रवासी श्रमिकहरुलाई सहभागीको लागी आयोजकले आग्रह गरेको छ।

बिस्तृत जानकारीको लागी
मिति : २०१८ डिसेम्बर १६ तारिक आईतबार
स्थान : सउल ख्वांगह्वामुन रेल लाइन न ५ गेट न ९
समय : दिनको ठिक ३ बजे
सम्पर्क : उदय राई ०१०-५६७५-२०११, मधुसुदन ओझा : ०१०-३०४६-२९८४

 

प्रतिक्रियाहरू