४३ प्रतिशत उत्तर कोरियाली जनता कुपोषणको शिकार छन – यु एन

0
1191

४३ प्रतिशत उत्तर कोरियन जनता भोकमरी तथा कुपोषण बाट शिकार रहेको यु एनको एक अध्यनले देखाएको छ l युएन अन्तर्गतका ५ वटा एजेन्सीहरुले गरेको उक्त अध्यन अनुसार १ करोड ११० लाख जनता अझैपनि भोकमरीको शिकार रहेको देखाएको छ l

मंगलबार प्रकशित तथ्यांकमा कुपोषणको संख्या बिगत १० बर्ष भन्दा २६ लाख ले बढेको देखाएको छ l यसरि कुपोषणको संख्या बढ्नुमा त्यहाको मौसमको कारण उर्बरा जमिनको ह्रास ,दैबी प्रकोप ,तथा अन्तर्राष्ट्रिय नाकाबन्दी मुख्य कारक तत्व रहेको बताइएको छ l

-- Ad --


विश्व पोषण तथा सुरक्षा नाम दिइएको उक्त अध्यनमामा विश्व स्वास्थ्य संगठन , इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट ,वल्ड फुड प्रोग्रगम , द यु एन चिल्ड्रेन्स फन्ड द फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन लगाएत ५ वटा संगठन हरु संलग्न थिए l

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here