६ महिना भित्र स्वदेश फर्किए अबैधानिक कामदार पनि पुनः कोरिया प्रवेश गर्न पाउने

4898

कोरियाले अबैधानिक रुपमा बसोबास गरिरहेका आप्रवासी कामदारको लागि स्वदेश फर्किने समय सिमा तोकेको छ l यहि सोमबार देखि लागु भएको उक्त नियम अनुसार यदि तोकेको समय अबधिमा स्व इच्छाले स्वदेश फर्किए पुन कोरिया प्रवेश गर्ने ढोका खुल्ने छ l यसरि स्वदेश फर्किने समय अबधि आउदो मार्च अर्थात्  ६ महिनाको लागि  तोकिएको छ l

तोकिएको उक्त समयसीमा भित्र वैधानिक तबरले  स्वदेश नफर्किए त्यस्ता कामदारलाई १० वर्षसम्म कोरिया प्रवेशमा रोक लागाउनेसम्मको सजाय दिन सक्ने कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै ‘ कोरिया टाइम्स’ले लेखेको छ l
हाल कोरियामा ३ लाख ३५ हाजार भन्दा धेरै आप्रवासी कामदार भिषा अबधि समाप्ति पछी  अबैधानिक तबरले लुकिछिपी बसिरहेको न्याय मन्त्रालयको तथ्यांकमा उल्लेख छ l
मन्त्रालयका अनुसार सन् २०१६ मा २ लाख ८ हजार ९ सय ७१बिदेशी कामदार अबैधानिक तबरले बस्दै आएकोमा यो संख्या  बढेर  सन् २०१७ मा  २ लाख ५१ हजार ४१ पुगेको थियो। यस्तै यो  वर्षको अगष्ट महिनासम्म यो संख्या बढेर ३ भन्दा माथि पुगेको छ l
हाल दक्षिण कोरियामा २५ सयको संख्यामा नेपाली कामदार भिषा अबधि समाप्ति पछी अबैधानिक तबरले बसिरहेको अनुमान छ l

प्रतिक्रियाहरू