८ हजार नेपालीलाई कोरिया लैजान इपिएस शाखाले हवाई टिकट माग्यो

1237

८ हजार नेपालीलाई रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियाा लैजान इपीएस कोरिया शाखाले हवाई टिकट माग गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको बैदेशिक रोजगार विभागको उक्त शाखाले काठमाडौंबाट दक्षिण कोरियाको सिओलसम्म नेपाली यात्रु लैजान आवश्यक हवाई टिकेटको माग गरेको हो । आगामी अब २०७५/७६ को लागि आवश्यक उक्त टिकेटका लागि वायुसेवा कम्पनी तथा टिकेटिङ एजेन्सीले आवेदन दिन सक्ने छन् ।

आवेदन दिन चाहने कम्पनीले बोलपत्र फाराम रितपूर्वक भरेर आगामी असार ११ गतेभित्रै आवेदन दिइसक्नु पर्ने छ । आवेदन दिन बोलपत्र फारामको मात्रै २० हजार रुपैयाँ तिरेर किन्नुपर्ने छ भने बोलपत्र बुझाउँदा १ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने इपीएस शाखा ले जानकारी दिएको छ ।

यसमा आवेदन दिन चाहने कम्पनी वा टिकेटिङ एजेन्सीको कारोबार क्षमता कम्तिमा ३ करोड रुपैयाँको हुनुपर्ने उल्लेख छ । उल्लेखित सर्त पालन गरेर आवेदन दिन चाहने कम्नीले सम्बन्धित निकायको वेवसाइटबाट आवश्यक जानकारी र कागजात पाउने पनि उल्लेख छ ।

प्रतिक्रियाहरू