९० प्रतिशत भन्दा धेरै कोरियन महिलाहरु बिबाहको लागि धनलाइ प्राथमिकता दिन्छन

1577

बिबाह गर्ने उमेर समुहका ९० प्रतिशत भन्दा धेरै कोरियन महिला हरु रुप र चरित्र भन्दा धन लाइ प्राथमिकता दिने गरेको तथ्य सार्बजनिक भएको छ l स्वास्थ्य तथा कल्याण विभागले अध्यन पछी  प्रकाशित गरेको एक तथ्यांकमा ९२,७  प्रतिशत महिला हरुले बिबाह्पछी पारिवारिक सम्बन्धलाइ सुद्रिढ  बनाइ राख्न आफ्नो पार्टनरको आर्थिक अबस्था उच्च हुनु  अपरिहार्य रहेको बताए  l

विभागले २० देखि ४४ बर्ष उमेर  समुहका १ हजार १ सय ४० पुरुष तथा १ हजार ३ सय २४ जना अबिबाहित महिलाहरुमा सो अध्यन गरेको थियो l त्यस्तै ५३ प्रतिशत पुरुष हरु पनि आफ्नो हुने वाला पार्टनरको आर्थिक अबस्था उच्च हुनु पर्ने कुरामा सहमत भएका थिए l

त्यस्तै कतिपय महिलाले आफ्नो हुने वाला पार्टनरको ब्याक्तित्व , स्वास्थ्य  , बलियो आर्थिक अबस्था तथा आफुलाई केयर गर्ने सम्पूर्णकुरा समाबेश हुनु पर्नेमा जोड दिएका थिए l

त्यस्तै ८७.१ प्रतिशत महिलाले बिबाहको लागि आफ्नो हुनेवाला पार्टनरको जागिरले असहज बनाएको बताए l बिबाहको लागि  शैक्षिक योग्यता ,पारिबारिक ब्याकग्राउण्ड लाइ समेत भुल्न नहुने समेत उनीहरुको तर्क थियो l यद्धपि १४ प्रतिशत महिला भने बिबाह नगर्नु नै उपयुक्त हुने  पक्षमा उभिएका थिए l
कोरिया हेराल्ड