Home प्रमुख समाचार अर्थ मन्त्री जनार्दन शर्माको प्रत्यक्ष उपस्थितिमा कोरियामा अन्तरक्रिया कार्यक्रम हुदै

अर्थ मन्त्री जनार्दन शर्माको प्रत्यक्ष उपस्थितिमा कोरियामा अन्तरक्रिया कार्यक्रम हुदै

0
अर्थ मन्त्री जनार्दन शर्माको  प्रत्यक्ष उपस्थितिमा  कोरियामा अन्तरक्रिया कार्यक्रम हुदै

 

राजुश्री , दक्षिण कोरिया

अर्थमन्त्री जनार्दन शर्माको कोरिया आगमनको अबसर पारेर माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाले यहि सेप्टेम्बर १२ तारिक सोमबारका दिन बृहत् अन्तरकृया कार्यक्रम राख्ने भएको छ ।

‘आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रबाशी नेपालीको भुमिका ‘ शिर्षक राखेर अन्तरकृया कार्यक्रम को ब्यापक तयारी गरेको मञ्चका अध्यक्ष इश्वर कठायतले जानकारी दिएका छन् ।

अर्थमन्त्री सग सम्बन्धित रहने कुनै पनि जिज्ञासा भएमा प्रत्यक्ष साक्षात्कार गरिने गरी कार्यक्रम को तालिका निर्माण गरिएको ले कोरियामा रहनु भएका सम्पुर्ण मजदुर ,पत्रकार, बिद्यार्थी, व्यावसायी लगायत बिभिन्न संघ सस्थामा आवद्ध प्रतिनिधि हरुलाइ आफ्ना जिज्ञासा सहित उपस्थितिको लागि आह्वान गरिएको मञ्चका महासचिब रुद्र थापा ले बताएका छन् ।

अन्तर्कृया कार्यक्रम लाई अर्थमन्त्री शर्मा सगै अर्थसचिब कृष्णहरि पुष्कर र गैरआबासिय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनोद कुवर ले सम्बोधन गर्ने जनाइएको छ । यसै अबसरमा नबनियुक्त महामहिम राजदूत प्रा.डा.ज्योती प्याकुरेल (भन्डारी ) लाई सफल कार्यकालको शुभकामना सहित स्वागत तथा सम्मान गर्ने कार्यक्रम पनि राखिएको जनप्रगतिशिल मञ्च कोरियाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here