गैर आवसीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय बैठकमा घोषणा गरेको आर्थिक सहयोग प्रदान गरिएको छ । गत डिसेम्बरमा भएको बैठकले नुवाकोटमा स्वास्थ्य शिबिरका लागि एसिया भित्र रहेका महिला फोरमले आर्थिक सहयोग गर्ने घोषणा गरिएको थियो ।
सहयोग घोषणा गरे अनुसार गैर आवासीय नेपाली महिला फोरम हङकङले ने.रु. २ लाख, मकाउले ५० हजार र जापानले ५० हजार सहयोग गरेको हो। जापानका महिला संयाेजक सबिता श्रेष्ठले नेपाल जादा बालुवाटारस्थित कार्यलयमा ५० हजार बुझाउनुभएकाे थियाे । गरिबी दाजुभाइलाई लक्षित स्वास्थ्य शिविरमा सहयाेग गर्न पाउदा खुसि र आनन्द मिलेकाे उहाँको भनाइ छ ।
एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुङले क्षेत्रीय बैठकलाइ ने.रु.५० हजार सहयोग गरेकी हुन् । ‘यो हाम्रै गाउँ घरको बिपन्न समुदायको लागि गरिने स्वस्थ्य शिबिरका लागि हो । त्यसैले एसिया क्षेत्र भरिका महिला फोरमहरुले सहयोग गर्नु भएको हो उनले भनिन् । ‘धेरैले यस शिविरबाट आफ्नो स्वास्थ्य परिक्षण गर्नु भो । स्वस्थ्य हुनु भो । हाम्रो लागि त्यही ठूलो कुरा हो । जसले जसले जहाँबाट सहयोग गर्नु भयो, उहाँहरुलाई धन्यबाद ।’ संयोजक गुरुङले थपिन् ।