कोरियामा आयोजित “छुसक साँगितिक महाधमाका” को आय ब्यय सार्वजनिक , छिट्टै राहतकोष स्थापना गरिने

811

नेपालीका लागी नेपाली दक्षिण कोरियाले गत सेप्टेम्बर १३ तारिख,कोरियाको छुसक पर्बको अबसरमा आयोजना गरेको ” Coinshot छुसक साँगीतिक महाधमाका २०१९ को सम्पुर्ण आय ब्यय विवरण सार्बजनिक गरेको छ | गत सेप्टेम्बर १३ तारिकमा सम्पन्न ” Coinshot छुसक साँगितीक महाधमाका ” को आयोजक कमिटीका आर्थिक संयोजक विजय कार्की द्वारा तयार पारिएको आर्थिक प्रतिबेदन अनुसार कार्यक्रमबाट ६८ लाख ४२ हजार कोरियन वोन मुनाफा भएको प्रतिबेदनमा उल्लेख छ। कार्यक्रम प्रमुख ब्यबस्थापक गान्धिभ सुबेदीले उक्त कार्यक्रमलाई सफल बनाउन तन मन धनले सहयोग गर्ने कोरियामा रहेका सम्पुर्ण सहयोगी संघ सस्थाहरु ,प्रायोजक ,सौजन्यकर्ता , मिडिया पार्टनर,सहयोगी दाता , कलाकारहरु तथा कोरिया बासी सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी हरुलाई धन्यवाद ज्ञापन पनि गरेका छन ।

 

उक्त कार्यक्रमको यथार्थ आय ब्यय विवरण निम्नानुसार छ। आम्दानी तर्फ : १ . जम्मा बिक्री भएको टिकट ( ६७९ प्रति * २५,०००) = १,६९,७५,००० /- २ . स्पोन्सर तर्फ = ५९,०३,६००/- ३ . संस्थागत सहयोग = ४,१६,०००/- ४ . हलमा ब्याक्तीगत सहयोग = ९,३९,११०/- ५ . प्रमुख अभियन्ताहरुबाट टोटल = १,५३,३२,१४६/- ६ . नगद भुक्तानी = ५,४४,०००/- ७ . प्रमुख अभियन्ताको जिम्मा बाहेकको सहयोग रकम = २,५६,०००/- ८ . पैसा डिपोजिट भएको तर नाम प्राप्त नभएको (स्टेटमेन्ट अनुसार ) = ३,०७,०५२/- जम्मा कुल आम्दानी : ४,०६,७२,९०८ /- ( चार करोड छ लाख बहत्तर हजार नौसय आठ कोरियन वोन ) खर्च तर्फ १ . कलाकार टिकट तथा नेपाल भिषा प्रोसेसिङ – ९२,६०,३२५/- २ . कलाकार खाना – १९,२७,१५०/- ३ . यातायात – २१,८९,०००/- ४ . सम्पादन/प्रचार प्रसार तथा पब्लिसिङ – ११,६९,४००/- ५ . कलाकार बिदाई/सम्मान – ७,८३,०००/- ६ . कलाकार मोटेल खर्च – १५,७०,०००/- ७ . कलाकार पारिश्रमिक – ९७,६२,०३३/- ८ . हल तथा साउन्ड सिस्टम – ६०,७०,०००/- ९ . कोरिया रोटरी चार्ज – ११,००,०००/- जम्मा कुल खर्च – ३,३८,३०,९०८/- (तिन करोड अडतिस लाख तिस हजार नौसय आठ ) जम्मा कुल मुनाफा : ६८,४२,०००/- (अठसठ्ठी लाख बयालिस हजार कोरियन वोन )

दक्षिण कोरियामा पिडामा परेका नेपालीहरुका लागी केही भएपनि सहयोग होस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रममा प्रखर वक्ता रमेश प्रसाई लगाएत रास्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीमा सउल छोङ्नो ओ गा को फेक जु न्यन खिन्यमग्वान हलमा सम्पन्न भएको थियो।कार्यक्रमको उद्देश्य अनुसार नै कोरियामा आपतकालिन राहतकोष संचालन गर्ने आधिकारीक संस्थालाई छिट्टै हस्तान्तरण गरि राहतकोष स्थापना गरिने कार्यक्रम संयोजक गुरुदत्त नौपानेले बताउनुभयो।

“कोरियामा  राहतकोष स्थापना गरि पिडामा परेका नेपालीलाई सहयोग गर्ने जुन उदेश्य राखेर कार्यक्रम आयोजना गरियो सोहि बमोजिम हामी छिट्टै लक्षमा पुग्ने छौ “ कार्यक्रमका बिसेष अभियन्ता बैरागी माइलाले भने l

“सुरुवाती चरणमा हुनाले आर्थिक रुमामा कोष त्यति सबल नबन्ला तरपनि हामीले एउटा अबधारणाको बिकास गरेका छौ l थप आर्थिक श्रोतहरु पहिचान गरि यसलाई थप बढावा दिने छौ “ अभियन्ता लक्ष्मी नारायण बस्नेतले थपे l

कार्यक्रमलाइ सफल बनाउन कोरियामा रहेका सयौं अभियान्ताहरु अहोरात्र खटेर लागेका थिए भने ३ सय भन्दा धेरै व्यक्तिगत सहयोगीदाता , बिभिन्न संघसंथा , ब्यावासायी सौजन्यकर्ताले खुलेर सहयोग गरेका थिए l