वुमन फर वुमनकि अध्यक्ष रितु श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा संरक्षकहरु लक्ष्मी गुरुङ, जुनु गुरुङ, सल्लाहकारहरू मल्लिका थकाली हिराचन, पध्मा श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रुपा गुरुङ, उपाध्यक्ष कुसला क्षेत्री, सचिव सुस्मा थापा, सदस्यहरू एवं विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू ,समाजसेवी, बुद्धिजीवी ,पत्रकार ,लगायत अग्रज ब्यक्तिहरूको उपस्थिति रहेको थियो। सितालाई आफ्नो शारीरिक अवस्थाका बाबजुद पनि नेपाली सस्कृती बिश्व सामु पुर्याउन गरेको योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको वुमन फर वुमनकि अध्यक्ष रितु श्रेष्ठले बताउनुभयो।
यस्तो सम्मान कार्यक्रमले आफुलाई अझै भोलिका दिनमा अगाडि बढन हौसला मिलेको सीताले बताइन्। एक प्रतिष्ठित कोरियन संस्थाको निमन्त्रणामा आफ्नो नित्य प्रस्तुत गर्न आएकि सिता अहिले नेपाली समुदायका बिबिन्न कार्यक्रमहरूमा ब्यस्त छिन्।