कोरियामा चितवन घर सहयोगार्थ बिर बिक्रम २ प्रदर्शन हुने

943

नेपाली चलचित्र बिर बिक्रम २ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । नेपाली युवा युवतीको मुटुको ढुकढुकीमा बस्न सफल नायक पल शाह , नाजिर हुसेन ,वर्षा सिवाकोटी बुद्धि तामाङ (हैट) देशभक्त खनाल लगायतका कलाकार हरुको बेजोड अभिनय रहेको छ । चलचित्र बिर बिक्रम २ कोरियाको राजधानी सउलको पुर्बी भाग दोङदेमुन ३ नम्वर गेट बाट नजिकै रहेको हलमा आउदो जुलाई जुलाई १४ तारिकमा प्रदर्शन हुन लागको हो ।

वीर बिक्रम २ को प्रदर्शन चितबन सम्पर्क समिती दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो । विभिन्न सामाजिक कार्य गर्दै आयको चितवन सम्पर्क समिती दक्षिण कोरियाले बिर बिक्रम २ को प्रदर्शन चितवन घर सहयोगार्थ गर्न लागेको कुरा संस्थाका अध्यक्ष लिलाकान्त महतोले जानाकारी गराउनु भयको छ ।

चितवन सम्पर्क समितीले बिगत लामो समयदेखि छनान सहरको छनान स्टेसन नजिकै चितवन घर संचालन गरि कोरिया बसाइको क्रम दुख बिमार पर्दा, बेरोजगार बन्दा अप्ठारोमा परेका नेपाली समुदायलाई सगयोग पुर्याउदै आयको छ। हाल उक्त घर संचालनमा आर्थिक समस्या परेकोले चितवन घर सहयोगार्थ यश चलचित्र बिर बिक्रम २ को प्रदर्शन गर्न लागेको र चलचित्र को प्रदर्शन बाट बचत भयको रकम बाट चितवन घरलाई थप ब्यबस्थित रुपमा संचालनमा लगिने कुरा चितवन घरका संयोजक राजेशबाबु श्रेष्ठले जानकारी गराउनु भएको छ।