कोरियामा पहिलो पटक हट एण्ड सेक्सी युवती डिजेका साथ समर वास पार्टी, यहि जुलाई २८

4542

दक्षिण कोरियामा पहिलो पटक अमेरिकन, कोरियन र नेपाली युवती डिजेका साथ समर बास डान्स पार्टी हुने भएको छ । नेपाली युवाहरुको समूह नेपकोरले गर्मी विदाको अवसरमा समर बास पार्टी गर्न लागेको हो । कोरियामा पहिलो पटक नौलो शैलीको बास पार्टीमा कोरियाका चर्चित डिजे नोस, डिजे बोरा, नेपाली डिजेहरु बिट र नोट्टी र अमेरिकन म्याक डुलीले आफ्नो सांगितिक प्रस्तुति दिने आयोजक नेपकोरले जनाएको छ । कोरियन, अमेरिकन र नेपाली डिजेहरुले यस अघि नै विभिन्न डान्स, मास्क पार्टीमा आफ्नो प्रस्तुति दिइसकेका छन् । नेपकोरको डान्स, मास्क लगायत विभिन्न पार्टीमा सहभागी नेपाली युवा युवतीको चाहना र इन्टरनेशनल स्वाद पस्कने ध्येय बमोजिम समर बास पार्टी आयोजना गर्न लागिएको पनि आयोजकले बताएको छ । नेपकोरको यस अघिका डान्स, मास्क पार्टीमा नेपाली र विदेशी युवतीहरुको भिड लाग्ने गरेको थियो । नेपकोरले युवा युवतीको नयाँ शैलीको चाहना बुझेर नयाँ नयाँ खालका डान्स पार्टीको आयोजना पनि गर्ने गरेको छ । सामाजिक उत्तरदायित्व पनि वहन गर्ने गरेको नेपकोरले चर्चित रक स्टार रबिन र मन्त्र व्याण्डलाई निमन्त्रणा गरेर नेपकोर नाइट लाइभ कन्सर्ट पनि सम्पन्न गरेको थियो ।

समर बास पार्टी राजधानी सउलको तोङ्देमूनस्थित न्यू छाङ्जी होटलमा हुने छ । पार्टी जुलाई २८ तारिख राती ९ बजेबाट सुन्दरी युवती डिजेहरुको सांगितिक प्रस्तुति शुरु हुने छ । प्रवेश शुल्क १५,००० वोन राखिएको छ ।