दक्षिण कोरियामा लामो समय देखि व्यावसाय गर्दै आइरहेका तेक्वान्दो खेलाडी भाजिन्द्र क्षेत्री नेपालको ८ औ संबिधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा प्रदान गरिने जनसेवाश्री मानपदविबाट विभूषित भएका छन l
सन २००४ मा अध्यनको शिलशिलामा दक्षिण कोरिया प्रबेश गरेका क्षेत्री तेक्वान्दोका राष्ट्रिय खेलाडी हुन l जन्मस्थान बाग्लुङ भै बुटवलमा बसाइ सराइ गरेका क्षेत्री व्यावसायको शिलशिलामा हाल दक्षिण कोरियामा बस्दै आएका छन l
चौथो कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाइ रजत पदक जिताएका उनि दक्षिण कोरियाको सिओल महानगरले प्रदान गर्ने मानार्थ नागरिकताबाट समेत सम्मानित भएका छन l
नेपाली जनसम्पर्क समितिका सभापति समेत रहेका क्षेत्री कोरियामा एक अब्बल ब्यावासायी तथा समाजसेवीको रुपमा चिनिन्छन l