कोरियामा मोटर साइकल दुर्घटनामा परि एक नेपालीको मृत्यु भएको छ l ख्यांगसाङ्नम्दो स्थित एक फुड कम्पनीमा कार्यरत प्युठानका नरायण जिसीको मृत्यु भएको एन आर एन कोरियाकि अध्यक्ष लक्ष्मी लामा गुरुङले हेल्लो नेपाल कोरिया डट कम लाइ बताइन l गुरुङका अनुसार मृतक जिसीले साथीको जन्म दीनको पार्टी सकेर सोमबार बिहान ३ बजे बजेको समयमा मोटरसाइकल लिई निस्किएका थिए l तिब्र गतिको मोटरसाइकल अनियन्त्रित भै भित्तामा ठोकिदा जिसीको घटना स्थलमै मृत्यु भएको छ l
२३ बर्षीय जिसी इपिएस मार्फत ३ महिना पहिला कोरिया आएका थिए l राति अबेर सम्म साथीको कोठामा जन्म दिनको पार्टी सकेर फर्किदा दुर्घटना परेकोले मृतक जिसीले मदिरा सेवन गरि मोटरसाइकल चलाएको हुन सक्ने अनुमान गरिएको छ l उनको शव प्रहरीले स्थानीय एक अस्पतालमा राखेको छ l घटना बारे नेपालमा रहेका आफन्तलाइ समेत जानकारी गरिएको एनआरएन कोरिया अध्यक्ष गुरुङले बताइन l
पछिल्लो समय कोरियामा मोटर साइकल दुर्घटनामा परि मृत्यु हुने नेपाली को संख्या बढ्दो छ l ट्राफिक नियमको अज्ञानता नेपाल भन्दा बिपरित ड्राइभिंङ् सिस्टमआदिका कारण दुर्घटना बढ्दो रुपमा देखिएकोले सबारी साधन हाक्दा आफु निपूर्ण हुनु जरुरि छ l