
दक्षिण कोरियामा कार्यरत नेपालीहरुले आइतबार दुतावास खोलिदिन आग्रह गरेका छन l कोरोना महामारीका कारण दुतावासले दिदै आएको आइतबारे सेवा बिताग २ बर्ष देखि बन्द रहदा निकै कठिनाइ परेको भन्दै हाल दक्षिण कोरिया सामान्य जनजीवनमा फर्किरहेको अबस्थामा दुतावासले पनि उक्त सेवा सुचारु गर्दिन आग्रह गरेका गरेका हुन l
कोरियामा बिसेषगरि इपिस श्रमिकले आइतबार बाहेक अन्य दीनमा बिदा पाउन निकै कठिनाइ पर्ने हुन्छ l त्यहि कठिनाइलाइ मध्येनजर गर्दै सन् २०१७ तिर तात्कालिन राजदुत अर्जुन जंगबहादुर सिंहले सो सेवा सुचारु गरेको भएतापनि २ बर्ष नबित्तै कोरोनाको कारण देखाउदै दुताबासले उक्त सेवा बन्द गरेको थियो l हाल अधिकांस नेपालीले बिभिन्न सामाजिक संजाल मार्फत आइतबार सेवा दिन माग गरिहेका छन l
के भन्छन त नेपालीहरु ( केहि नेपालीको बिचार जस्ताको तस्तै राख्ने कोसिस गरेका छौ )
श्रीजना नेपाली ( आलिशा ) अध्यक्ष- प्रवासी नेपाली मन्च, कोरिया
कोरियावासी नेपालीको समस्यालाई मध्यनजर गर्दै दुतावस आईतवार खुल्ला गरिदिन आग्रह गर्दछु वन्दहुने समय वेलुका ५ वजे सम्म , समस्या हरु लिएरजादा सुनुवाई भईदिओस , आपत बिपतमा परेर फोन गर्दा फोन उठोस भन्न चाहन्छु l
मेरा केहि सुझाव र प्रश्नहरुहरु बुदागत रुपमा यस प्रकार छन् l
१.국민연금 को लागी नेपाली राजदुतावास मार्फत नेपाल सरकारले किन पहल गर्न नसकेको होला ?
२.म एक बर्ष अघि काम बिशेषले त्यहाँ पुगेको थिएँ । संसारकै विकसित देशहरु मध्य पर्ने कोरिया स्थित नेपाली दूतावासमा टोकन प्रणाली नेपालको कुनै दुर्गम क्षेत्रमा अल्पकालीन कामहरु गर्दा उपनाउने विधि ( कागजमा लेखेर लेमिनेसन गरेर झ्यालमा थुपारिएको) देखेर म अचम्मित भए , तत्कालै फेसबुकमा सुझाव पनि दिएको थिएँ । नेपाली दुताबासले डिजिटल टोकन प्रणाली लागू गरेको हुनुपर्छ नगरे तत्काल लागू गरोस । मेरो पालो कतिखेर आउँछ भनेर सोधेको बेला कर्मचारीले अत्यन्तै रुखो तरिकाले जवाफ दिइएको पाईयो । त्यस्तो नहोस भन्न चाहन्छु l
३.नेपाल सरकारको १५ औ राष्ट्रीय योजना अन्तर्गत बैदेशिक रोजगारिमा गएका श्रमिकहरू लाई योगदानमा आधारित सामाजिक सुरक्षा योजना मा आबद्द आवश्यक ऐन कानुन बनाएर नेपाल सरकारको श्रम स्वीकृति लिएर कोरियामा आएका नेपाली श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउने वातावरण मिलाइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
४.ईलिगल नेपालीहरु लाई पनि दूतावासले सेवा दिनुपर्ने । यो विषमा पनि दुतावासको ध्यान पुगोस l
५.नेपालीको पर्व दशै तिहारमा पनि दुतावास बन्द हुन्छ,कोरियाको पर्व छुसक सलनालमा पनि दुतावास बन्द हुन्छ।यो दोहोरो सुविधा बन्द गर्नु पर्छ। दशै र तिहारमा किन दुतावास बन्द गर्नु पर्यो,मजुदरको दैनिकी बन्द हुदैन्?दशै होस् की तिहार? त्यसैले त्यस तर्फ पनि ध्यान जावोस l
राजु श्री -उपाध्यक्ष-नेपाली सामुदायिक समिति ग्वाङ्जु तथा प्रबक्ता जनप्रगतिशील मंच कोरिया
कोरियामा रहेका अधिकांस नेपालीहरु औद्योगिक मजदुरका रुपमा कार्यरत रहेका छन् । स्वचालित मेसिनको गति सगै हप्ता भरी नियमित काम गर्नु उनिहरुको दैनिकी हो । सार्बजनिक बिदा बाहेक अन्य दिन कम्पनी बाट निस्कन अत्यन्तै कठिन हुने गर्दछ ।
यहि कठिनाइका कारण दशकौ देखि कोरियामा रहेका नेपाली हरुले शनिबार अथबा आइतबार मध्य कुनै एक दिन सेवा दिनको लागि लाखौ अनुरोध गर्दा पनि नेपाली दुताबास कोरिया बाट प्रभाबकारी रुपमा सुनुवाइ हुन सकेन । यो अत्यन्तै बिडम्बनाको कुरा हो ।
आजकल फाट्टफुट्ट घुम्ती सेवाका नाममा केही परामर्श दिने कार्यक्रम हरु शुरु गरिएता पनि त्यति प्रभाबकारी देखिएको छैन । किनकी त्यस्ता घुम्ती सेवा बाट परामर्श बाहेक कार्यलय सग सम्बन्धित खासै कामहरु हुने गर्दैनन् । हजारौ मजदुर हरु भएका देशमा उनीहरुका समस्या लाई सम्बोधन हुने गरि सेवा प्रवाह गर्न सके दुताबास प्रती हामी सबैको अपनत्व महसुस हुने थियो ।
मुकेश खनाल -इपिएस श्रमिक
नेपाली राजदुतावास सियोललाई मेरो सानो अनुरोध र गुनासो छ lकोरियामा हामी ७० प्रतिशत भन्दा बढी कामदार हरु छौ र जस्को बिदा शनिबार आइतबार तथा कोरिया को रातोबिदाको दिनमा पर्ने गर्दछ l पहिले केही सहज थियो आइतबार कार्यलय खुल्ने गर्दथ्यो र सेवा लिन पाइन्थ्यो lऐले शनिबार,आइतबार, कोरियन पर्व र रातो बिदा साथै नेपालको सानो सानो बिदामा पनि कार्यालय बन्द हुने गर्दछ भने यता कामदार हरुको बिदा अरुबेला नमिल्ने भएकोले धेरै समस्या भएको छ यसप्रती अलिकती ध्यान दिएर चाडपर्व मा बन्द रहेता पनि शनिबार आइतबार सेवा दिन पर्यो।
नेपाली श्रमिक तथा विद्यार्थीहरु औद्योगिक तथा सडक दुर्घटना मा पर्दा बिरामी पर्दा तथा कम्पनि भित्र दुर्ब्यबहार भैरहेको जानकारी दिदा कतिपय अवस्था मा हामिले केहि गर्न नसक्ने जानकारी गराउनुहुन्छ l दुतावास हाम्रो अभिभावक बन्नुपर्ने मा अझै दुश्मनी व्यबहार देखाउने गर्दछ।
बिदेशमा आएका नेपालीको रेमिटेन्सले चलेको देश तर बिदेशमा आएका नेपाली लाई दूतावासले गर्ने व्यबहार अलिक खराब छ । जस्तै नेपाली नागरिक कोरियामा मृत्यु हुन्छ जस्को शव नेपाल सम्म लैजान लगभग १५ लाख नेपाली आवस्यक हुन्छ तर दूतावासले यसमा न कोरियन सरकार सग पहल गर्छ न त आफुले नै सहयोग गर्छ lगरिहाल्यो भने पनि ३ लाख नेपाली सहयोग गर्छ र आफ्नो कार्य बाट पन्छिदिन्छ ।
श्रमिक प्रति बेवास्ता गरेको देख्दा कोरिया स्थित नेपाली दूतावास खास भन्ने हो भने श्रमिक,कामदार र पत्रकार भन्दा बढी पैसावाल व्यापारी जो कालोधन्दा गर्न चाहन्छन उनिहरु सग नजिक छ कि भन्ने भान हामी श्रमिकलाई पर्न गएको छ lदूतावास ले रेमिट्यान्स स्वदेश भित्र्याउन र हुन्डी नियन्त्रण गर्न कुनै पहल गरेको देखिदैन l
दूतावासमा सम्पर्क गरेर केही जानकारी लिन खोज्यो भने जवाफ मा पेज मा हेर्नुस अथवा थाहा छैन जस्ता जवाफ दिने गर्छ l राजदुतावास लाई नै थाहा छैन भने दूतावास मा बसेर के काम गर्नुहुन्छ उहाहरुले?
दुतावासमा सम्पर्क गर्दा प्राय कोरियन सगै कुरा गर्नुपर्ने हुन्छ सबै नेपाली लाई राम्रो सग भाषा आउँछ भन्ने हुदैन न त उहाँहरु सग अंग्रेजिमा कुरा गर्न सकिन्छ l अन्त्यमा दुतावासले एउटा अभिबाबक बनेर श्रमिकका यावत कठिनाइहरुलाइ हटाइ सरल तरिकाले सुबिधा प्रदान गरोस भन्न चाहन्छु l
यी त केहि प्रतिनिधिका सुझाव र गुनासा हुन l यो बाहेक दुतावस संग सम्बन्धित गुनासाहरु प्रसस्त रुपमा आउने गरेका छन l बिसेष गरि आइतबार , बिदाको समयमा दुतावास खोलि सेवा दिन सबैको आग्रह र सुझाव रहदै आएको छ l