
नेपाल कम्युनिस्ट पार्टी को प्रबाश संगठन प्रबासी नेपाली एकता मन्च कोरिया यति बेला आक्रामक रुपमा नयाँ संगठन निर्माण ,एकीकरण भेला र सदस्यता बिस्तारमा मा लागिपरेको छ ।कोरियाको राजनितिले मुल पार्टीमा कत्तिको प्राभाब पार्छ र प्रबासी कार्यकर्ता हरुको भुमिका चाहिँ के रहन्छ भन्ने सेरोफेरोमा प्रबासी नेपाली एकता मन्चका संयोजक पर्शुराम सापकोटा संग हेल्लो नेपाल कोरिया डट कम ले तयार पारेको छोटो कुराकानी ।
प्रश्न :पछिल्लो समयमा प्रबासी नेपाली एकता मन्चको नाममा कोरिया भर संगठन निर्माण ,एकीकरण भेला,भेटघाट ,छलफल जस्ता कुराहरुले सामाजिक सन्जाल भरिएका छन् खासमा के हो ?
उत्तर : यो पार्टी एकिकरणको दोश्रो चरण स्थानीय कमिटीहरुको एकिकरण अन्तर्गतको एउटा अभियान हो। राजनीतिमा अाफ्नो स्पेस अाफै श्रृजना गरिने हो। हामी प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले पनि केन्द्रीय नेताहरुलाइ खोइ त पार्टि एकिकरण सकिएन नि ? भनेर प्रश्न गरेर बस्ने मात्र नभइ अाफ्नो ठाउबाट गर्न सकिने काम गरेर यस पार्टि एकताको महान अभियानमा हाम्रो पनि सक्रिय योगदान गर्न चाहान्छौ । हाम्रो यि गतिबिधिहरु पार्टीको वा संगठनको अत्यत्न सामान्य, स्वभाविक र अावश्यक कामहरु हुन। यस्ता प्रकारका गतिबिधिले सरकारका सकारात्मक पहलहरुलाइ जनसमान्यसम्म एकरुपले बुझ्न र सुधार गर्नु पर्ने कामहरुमा एकरुपले सामुहिक सुझाव गर्न प्लेट फर्म तयार गर्दछ भन्ने पनि हाम्रो बिश्वास पनि हो।
प्रश्न : राजनिती प्रती धेरै युबाहरुको बितृष्णा बढ्दै गएको छ ।प्रबासमा राजनिती किन आबश्यक छ र केन्द्रिय राजनितिमा तपाइहरुको खास भुमिका चाहिँ के रहन्छ ?
उत्तर : प्रवासको राजनीति र राष्ट्रिय राजनीति कसरि जोडिन्छ भन्ने बिषयलाइ बुझ्न राजनीतिमा किन संलग्न रहिन्छ भन्ने कुराले निर्धारण गर्छ। यदि तपाइ पद र प्रतिष्ठाको लागि चाकरी चाप्लुसिको माध्यमबाट सो प्राप्त गर्न राजनीतिमा हुनु हुन्छ भने प्रवासको राजनीति तपाइको लागि उपयुक्त छैन। होइन तपाइ देश र जनताको समृद्धि र प्रगतिको लागि राजनीतिमा संलग्न हुनु हुन्छ भने प्रवासको राजनीतिले धेरै गर्न सक्छ। स्वदेश फर्किसके पछि प्रवासनको यस दरमियाममा संगठनमा सहकार्य गर्न अवसर जुटेका देश ब्यापि तमाम उर्जाशिल युवा मित्रहरुको सहकार्यबाट हामी एउटा देशव्यापि साना तर महत्वपुर्ण अभियान सञ्चान गर्ने संभावनामा हुन्छौ र ताकत पनि राख्दछौ । जुन अत्यत्न महत्वपुर्ण हुन्छ समाजको सुधारको लागि, जीवनशैलिको लागि, उध्यमको लागि र समग्रमा देश बुझ्नको लागि। दोश्रो कुरा यहाँ छदा हामी यहाँ देखेको, भोगेका भौतिक विकास, सार्वजनिक सेवा प्रवाहको शैलि, जस्ता कुराहरु हामी हाम्रो अाफ्नो भुगोलको अहिले त स्थानिय सरकार छ जहाँ श्रोत ब्यक्तिको रुपमा परिचालित भएर सकारात्मक योगदान गर्न सक्छौ। यी लगायत राजनीतिक रुपमा बिचारलाइ जोगाइ राख्न, निरन्तर अध्याबधिक हुन एउटा राजनीति कर्मी वा कार्यकर्ता राजनीतिसंग जोडिने कुरा अन्यथा होइन। किनकी राजनीति फुर्सदमा वा सजिलोमा वा शौखकोरुपमा गरिने बिषय होइन।यो परिवर्तनको लागि गरिने सघर्ष हो। यो सेवा हो यसमा दिने हो। दिनलाइ तपाइ जहाँ सुकै बसेर दिन सक्नु हुन्छ। हामी प्रवासनमा हुनु भनेको हाम्रो अविकासले हो। समयले भनौ वा हाम्रो राजनीतिले भनौ हामीलाइ प्रवासी बनाएको कुरा तितो यथार्थ हो। अहिले जुन पुस्ता प्रवासनमा छ त्यसमा यो स्थितिको परिवर्तनमा काम गरेन भने भावी पुस्ताले हामीलाइ धिक्कार्नेछ। हामी मुर्ख ठहरिने छौ। त्यसैले हाम्रो प्रवासको राजनीति, स्वदेशमै रोजगारि, सुशासन, राष्ट्रिय अभियान सञ्चालन गर्नै हैसियत राख्दछ। त्यसैले प्रवासी राजनीति एकपटक हस्तक्षेपकारी हुनु जरुरि छ। त्यसै गरेर अहिले देशको एकतिहाइ जनसख्या जो शारीरिक रुप उर्जाशिल छ, मानसिक रुप श्रृजनात्मक छ र उत्पादनशिल छ। राष्ट्रिय जिडिपिमा झण्डै एकतिहाइ कै योगदान गरिरहेको छ बिप्रेषणको माध्यमबाट। यसमा राजनसतिले छोएन भने देश कसरि अगाडि जान्छ। अहिले हाम्रो देशको मुख्य चुनौति हो यो। अहिलेको देशको राजनीतिको मुख्य केन्द्र बिन्दु प्रवासी नेपाली नै हुन भन्ने कुरामा हाम्रो दृढ बिश्वास छ। त्यसैले प्रवनसमा हामीले गर्ने राजनीति जायज, अावश्यक र उपयुक्त छ।
अर्को कुरा प्रवासको बसाइमा दिनानुदिन दिन अाइ पर्ने समस्या हरुको समाधानमा सहकार्य गर्ने र देशमा मनाइने पर्वहरु र संस्कृति प्रसार गर्ने जस्ता कामहरु पनि. संगठन ले गर्ने र गरिरहेको हुदा हाम्रा गतिबिधिहरु युक्ति संगत छन।
प्रश्न :जनताले धेरै माथी महत्वाकांक्षी रुपमा हेरेका नेकपाको दुइतिहाइ सरकार प्रती सर्बत्र चासो र आशा थियो तर सोचे जस्तो त भएन ? प्रबासमा चाहिँ किन मरिहत्ते क्या ?
उत्तर: सर्वप्रथम असख्य बेथिति, लामो संक्रमण र राज्यको पुनर्संरचना पश्चात निर्माण भएको सरकार र जन अपेक्षा धेरै उच्च रहेको अबश्थामा सरकारले अपेक्षाकृति गतिमा गन्तब्य पक्डिन नसकेको कुरालाइ अांसिक रुपमा सत्य मान्न सकिन्छ। संसार भरबाट कम्युनिष्टहरु धारासाहि हुदा नेपालमा जनताको बलबाट कम्युनिष्टहरुलाइ सत्तारोहण गराइएको कतिपय स्वदेशि दक्षिणपंथि शक्ति तथा प्रतिगामि शक्ति हरुलाइ सहज छैन त्यस किसिमको सेन्टिमेनटलाइ बाहिरिया सामराज्यबादि शक्तिहरुले मलजल गरिरहेका नै छन। त्यसको लागि उनिहरुले सरकारका मेसिनरि ठुला मेडिया हाउस अादिको प्रयोग गरेर भएका सकारात्मक काम भन्दादसाना तिना बिषयलाइ उचालेर सरकारको कामलाइ अल्झाउने र बिगतमा भएका अरु सरकारहरुले गरेका कमजोरिहरुलाइ यसै सरकारले गरे झै बल्झाउने प्रयत्नहरु भइरहेका छन। जसको उदहारणको लागि वाइड बढि, बालुवाटार जग्गा प्रकरण हेर्दा हुन्छ। सरकारले सामाजिक शुरक्षा अन्तरगत, प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरगत, सहुलियत पुर्ण कर्जा मार्फत उध्यमि बन्ने रोजगार श्रृजना गराउने, डिजिटल नेपाल बनाउने कुरा लगाएतका सुधारका कामहरुबाट प्रवासीहरु लाभान्वित हुन र कमि कमजोरिहरु छन भने संगठनको माध्यमबाट हाम्रो अावाजहरुलाइ सरकारसम्म पुर्याउन पनि प्रवासको राजनीति अपरिहार्य छ।
प्रश्न : पार्टी एकता भएको लामो समय भैसक्दा समेत तपाइहरु को प्रबास कमिटी ले अझै पुर्णता पाएको रहेनछ प्रबासको पनि केन्द्रको झै भागवण्डा मै झमेला हो ?
उत्तर : हाम्रो प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले संसार भरि रहेको अन्य ३८ वटा देशहरु मध्ये सबै भनङदा पहिले तोकिएको मापदण्डमा सर्वसम्मतिले कमिटि गठनको सिफारिस गरेका छौ। हाम्रो कार्य क्षेत्र भित्र रहेका १२ वटा कमिटिहरुमा हाल सम्म १०वटाको एकिकरण समापन भइ सक्दा हाम्रो वीचमा पहिले को कता पट्टिको थियो भनेर कहि कतै पनि एउटा शब्द सम्म उच्चारण नभइकन सर्वसम्मतिबाट अगाडि बढिरहेको सन्दर्भमा यो प्रश्न भ्यालिड नै छैन। हाम्रो एकिकरण अभियान अन्य कमिटिहरुलाइ पनि अनुसरण योग्य छ भन्ने हाम्रो दावि छ।
प्रश्न : कोरियामा रहेका ठुला संघसस्थाहरुमा तपाइहरुको उपस्थिती कत्तिको रहेको छ ?
उत्तर: कोरियामा रहेको बिभिन्न किसिमको संघ सस्थाहरुमा स्वभाविक रुपले हाम्रो साथिहरुको सम्लग्नता र गतिबिधिहरु भरोसायोग्य छ। बिगतमा पार्टि एकिकरण नहुदैको हाम्रो संलग्नता भन्दा अब एकिकरण पश्चात हाम्रो संलग्नता निश्चय पनि बढि हुन्छ नै। फृरि पनि हाम्रो राजनीतिको गन्तब्य राष्ट्रिय राजनीति नै हो। हाम्रो समग्र गतिबिधिहरु त्यहि दिशा तिर उन्मुख छन र हुनेछन। हामी चाहान्छौ अागामी केहि बर्ष भित्र पार्टीले प्रवासमा संगठन सञ्चालन गर्न नपरोस।
प्रश्न : अन्त्यमा , यहि अगष्टमा हुने एनआरएनए कोरियाको अधिबेशनमा प्रबासी नेपाली एकता मन्च ले अध्यक्षमा उम्मेदवारी दिन तयार गरेको भन्ने व्यापक हल्ला छ नी ?
उत्तर : अधिबेशनको सन्दर्भमा भन्नु पर्दा अवश्य पनि एउटा राजनीतिक संगठनको हिसावले हाम्रो ध्यान अाकृष्ठ हुने नै भयो।
कोरियामा रहेका अग्रज गैर अावासिय नेपालीहरुले यस संघको स्थापनामा र अन्य गतिबिधिहरुमा निश्चय पनि योगदान पुर्याउनु भएको छ। तर यसको गठनको स्प्रिट र परिणाम मुखि गतिबिधिहरु हुन नसकिरहेको सन्दर्भमा संस्थागत हिसावले चल्न र चलाउन सक्ने सक्षम नेतृत्वको टिम बनोस भन्ने हाम्रो चाहाना छ। अाफ्ना अान्तरिक गतिबिधि र हरहिसाबमा मात्र समय खर्च गर्ने भन्दा समृद्ध नेपाल सुखि नेपालीको सरकारको अभियानलाइ लगानीको माध्यमबाट सहयोग पुर्याउने एउटा टिम तयार होस भन्ने हाम्रो चाहना छ। हामी यस सन्दर्भमा प्यानलको रुपमा भन्दा पनि सक्षम टिम निर्माण होस भन्ने चाहाना राख्छौ र तदअनुकुलको भुमिका निर्वाह पनि गर्ने छौ।