पत्रकार रबि लामिछानेको सहभागितामा हुने कार्यक्रम तयारी पूरा

2760

दक्षिण कोरिया, सेप्टेम्वर २५ तारिक स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान तथा रबि लामिछाने सपाेर्ट ग्रुप र सेप्टेम्बर २६ तारिक किम्हे माइग्रेन्त हाउस तथा स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान (रबि लामिछाने सपोर्ट ग्रुप) द्वारा दोङ्देमुन कुमिन ह्वेग्वान सौल र किम्हे ड्रिम सेन्टर, किम्हेमा आयोजना हुन गइरहेको राष्ट्रप्रेमी लोकप्रिय पत्रकारको उपस्थितमा बिशेष “Meet & Greet Rabi Lamichhane” बृहत् अन्तर्कृया कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक यम श्रेष्ठले जानकारी दिनु भएको छ ।

कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको सहजताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको थप जानकारी संयोजक श्रेष्ठले दिनुभयो । करिव १ हजार जना क्षमताको हलमा कोरियावासी नेपालीहरुलाई खुल्ला छलफलका लागि आयोजकले आव्हान समेत गरेको छ ।

नेपालका चर्चित राष्ट्रप्रेमी टेलिभिजन पत्रकार रबि लामिछानेको सहभागितामा हुने कार्यक्रममा समसामायिक विषयमा छलफल तथा सर्वसाधारणले सहज रुपमा जिज्ञासा, समस्या राख्न पाउने गरी कार्यक्रमको तयारी गरिएको जनाएको छ । दिनको ठिक १२:०० बजेबाट सुरु हुने कार्यक्रममा सहभागिताका लागि कोरिया स्थित सम्पुर्ण संघसंस्थाका पदाधिकारी, विद्यार्थी, पेशाकर्मी, ब्यवसायी, तथा कोरियाबासी सम्पूर्ण नेपालीहरुमा गरिमामय उपस्थितिको निम्ति अपिलसमेत गरेको छ । यस बृहत् अन्तर्कृया कार्यक्रमको प्रायोजन इजि लिंक तथा हानपास रेमिट्यान्सले गरेको छ ।